पोखरा, बामपन्थी एबम प्रगतिशील बिचारमा आस्था राख्ने कानुन ब्यबसायीहरुको संस्था प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पिपिएलए) नेपाल कास्कीको वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनले अधिबक्ता रुद्रलाल कुँवर अध्यक्ष् रहेको नयाँ कार्यसमिति चयन गरेको छ । नयन कार्यसमितिको उपाध्यक्षमा हरि पण्डित, खुल्ला सचिवमा अनुप पौडेल, महिला सचिवमा ईश्वरी पौडेल र कोषाध्यक्षमा बिनका शर्मालाई चयन गरिएको छ भने कार्यसमितिको सदस्यमा रामबहादुर हमाल, सुजाता कोइराला, करुणा अधिकारी, बुद्धि सुवेदी र कविता अधिकारीलाई चयन गरिएको छ ।

अधिबेशनको उद्घाटन समारोहमा अग्रज कानुन व्यवसायीहरु वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरे, राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य समेत रहेका बरिष्ठ अधिबक्ता गोविन्द शर्मा पौडेललाई दोशल्ला ओढाएर सम्मान गरिएको थियो । सोहि समारोहमा बोल्दै प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनका केन्द्रीय महासचिव भुवनप्रसाद निरौलाले शक्ति पृथकीकरणको सिद्धान्त विपरित बर्तमान अबस्थामा कार्यपालिकाले न्यायालयमाथि हस्तक्षेप गरेको बताए ।

कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षत्री, संगठनका केन्द्रीय सचिव अनिता गुरुङ, वरिष्ठ उपाध्यक्ष रामप्रसाद घिमिरे, संगठनका निवर्तमान वरिष्ठ केन्द्रीय उपाध्यक्ष हरिप्रसाद सुवेदी नेपाल बार एसोसियसनका उपाध्यक्ष भुपेन्द्र खनाल, संगठनका गण्डकी प्रदेश कमिटीका अध्यक्ष कमलप्रसाद अर्याल, संगठन कास्कीका निवर्तमान अध्यक्ष मदनप्रसाद तिवारी, निवर्तमान अध्यक्ष विष्णुप्रसाद अधिकारी, डेमोक्रेटिक लयर्स एशोसियन कास्कीका अध्यक्ष कमलापति पौडेल, अधिवक्ता युवराज पराजुली लगायतले आआफ्नो भनाई राखेको नवनिर्बाचित महिला सचिब इश्वरी पौडेलले गुरुकुल खबरलाई जानकारी दिईन ।















