Play

स्पेनका रोड्रीलाई गोल्डेन बल र फ्रान्सका एमबाप्पेलाई गोल्डेन बुट, अर्जेन्टिनाका मेस्सी सिल्भर बुटमा सिमित

गुरुकुल खबर


एजेन्सी, स्पेनका कप्तान रोड्रि हर्नान्डेज कासान्ते (रोड्रि)ले फिफा विश्वकप २०२६ को गोल्डेन बल अवार्ड जितेका छन् । स्पेनलाई १६ वर्षपछि विश्वकप जिताउन नेतृत्वदायी भुमिका खेलेका रोड्रीले प्लेअर अफ दि टुर्नामेन्ट बन्दै एडिडास गोल्डेन बल जिते । उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसी, फ्रान्सका कप्तान किलियन एमबाप्पेलाई पछि पारे ।

विश्वकपभर सर्वाधिक १० गोल गरेका फ्रान्सका कप्तान एमबाप्पेले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट अवार्ड जिते । एमबाप्पे लगातार दुई पटक गोल्डेन बुट अवार्ड जित्ने पहिलो खेलाडी समेत बने । ८ गोल गरेका मेसीले शिल्भर बुट र ७ गोल गरेका इंग्ल्यान्डका जुड बेलिङघमले ब्रोन्ज बुट अवार्ड जिते ।

रोड्रीले स्पेनको कप्तानी देखि मैदानमा मिडफिल्डको नेतृत्व गर्दै बल कन्ट्रोल गर्ने र अट्याकिङमा समेत योगदान दिने काम गरेका थिए ।रोड्रीको कप्तानीमा रहेको स्पेनले सोमबार विहान भएको फाइनलमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले पराजित गर्दै दोस्रो पटक फिफा विश्वकप उपाधि जितेको हो ।

सन् २०१८ मा स्पेनको लागि डेब्यु गरेका रोड्री स्पेनलाई विश्वकप जिताउने दोस्रो कप्तान बने । यसअघि सन् २०१० मा गोलकिपर इकर क्यासियासको कप्तानीमा स्पेनले पहिलो पटक उपाधि जितेको थियो । गोल गर्ने भन्दा पनि रवड्री टिमको मिडफिल्डमा मुख्य खेलाडीको रुपमा रहने गर्छन् । उनले सन् २०२४ मा उत्कृष्ट खेलाडीलाई दिइने बालोन डे’ओर अवार्ड समेत जितेका थिए ।

म्यानचेष्टर सिटीबाट क्लब फुटबल खेल्ने रोड्री फिफा विश्वकप, युइएफए च्याम्पियन्स लिग र बालोन डे,ओर जित्ने ११ खेलाडीको सूचीमा समावेश भएका छन् । सन् २०२४ को युरो कप स्पेनले जित्दा रोड्रीले  ने उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल अवार्ड जितेका थिए ।

अर्जेन्टिनाका कप्तान मेसीले शिल्भर बल जिते भने फ्रान्सका कप्तान एमबाप्पेले ब्रोन्ज बल जिते ।

यस्तै स्पेनका गोलकिपर उनाई सिमोले उत्कृष्ट गोलकिपर बन्दै गोल्डेन ग्लोभ्स अवार्ड जिते भने स्पेनकै युवा डिफेन्डर पाउ कुबार्सीले उत्कृष्ट युवा खेलाडीको अवार्ड जिते । सिमोनले यस विश्वकपमा ८ खेल खेल्दा ७ खेलमा क्लिनसिट राख्दै नयाँ कीर्तिमान बनाए । साथे उनले विश्वकपमा लगातार ६०० मिनेट भन्दा बढी समय कुनै गोल नखाने कीर्तिमान पनि बनाए । यस्तै १९ वर्षीय बार्सिलोनाका डिफेण्डर कुबारेसीले स्पेनको डिफेन्सलाइनमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

४ श्रावण २०८३, सोमबार ११:३७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा