Play

विश्वकपको उपाधि स्पेनको कब्जा: ९० मिनेटसम्म खेल बराबरी, अतिरिक्त समयमा अर्जेन्टिना १ गोलले पराजित

गुरुकुल खबर


एजेन्सी, बहुप्रतिक्षिति विश्वकपको उपाधि स्पेनले जितेको छ। यस अगाडिको बिजेता अर्जेन्टिनालाई १-० गोलको अन्तरले पराजित गर्दै स्पेनले  अर्जेन्टिनालाई हराएर फिफा विश्वकप २०२६ को उपाधि जित्न सफल भएको हो।

अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको हो । अर्जेन्टिनाले यस अगाडी अर्थात २०२२ को विश्वकप जितेको थियो भने स्पेनले २०१० को बिश्वकप आंफ्नो पोल्टामा पारेको थियो ।

स्पेनलाई उपाधि जिताउन फेरान टोरेसले गरेको गोल नै पर्याप्त बन्यो । टोरेसले खेलको १०६औं मिनेटमा स्पेनका लागि गोल गर्दै अग्रता दिलाएका थिए । निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

निर्धारित समयको अन्तिम समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो । अतिरिक्त समयको दोस्रो हाफको सुरुवातमै स्पेनले अग्रता लिँदै उपाधि हात पार्‍याे । स्पेनले खेलको अधिकांश समय अर्जेन्टिनालाई दबाबमा राख्न सफल भएको थियो ।

४ श्रावण २०८३, सोमबार ०४:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा