Play

पोखरा इनर व्हिलको १७ औं पदस्थापन, निरुदेबी अध्यक्ष रहेको नयाँ समितिको पदस्थापन

गुरुकुल खबर


पोखरा, इनर व्हिल क्लब अफ पोखराको १७ औं पदस्थापन एबम छात्रवृति वितरण कार्यक्रम हालै सम्पन्न भएको छ । रोटरी इनर व्हिल बर्ष २०२५/२६ का अध्यक्ष बिन्दु केसीको कार्यकाल समाप्त भएपछि बर्ष २०२६/२७ को लागि निरुदेबी कायस्थ अध्यक्ष रहेको नयाँ कार्यसमितिलाई  पदस्थापन गरिएको हो

नयाँ कार्यसमितिको उपाध्यक्षमा शिला थापा, सचिबमा रन्जना मानन्धर, कोषाध्यक्षमा सोनु श्रेष्ठ रहेको छन । यसैगरी नयाँ  कार्यसमितिको आइएसओमा प्रतिभा तिमिल्सिना, सम्पादकमा दमयिन्ति भट्टराई, कार्यकारी बोर्ड सदस्यमा गीता श्रेष्ठ र कमला गुप्ता रहेका छन उनीहरुले क्लबको कार्यसमितिको पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए।

विश्वव्यापी महिला स्वयंसेवी संस्था इन्टरनेसनल इनर ह्विलको मूल आदर्श मित्रता, व्यक्तिगत सेवा  र अन्तर्राष्ट्रिय समझदारीलाई आत्मसात् गर्दै  इनार व्हिल क्लब पोखराले आयोजना गरेको उक्त कार्यक्रमका प्रमुख अतिथि इनर व्हिल इन्टरनेसनल डिस्ट्रिक ३५० की अध्यक्ष सृष्टि श्रेष्ठ रहेकी थिईन। त्यस अबसरमा बोल्दै प्रमुख अतिथि प्रजापतिले सेवा, मित्रता र सहकार्यको भावना सहित  सबै एकजुट भएर सामाजिक सेवा र उत्तरदायित्वको क्षेत्रमा अगाडी बढ्नुपर्नेमा जोड दिईन।

यसैगरी क्लबका निबर्तमान अध्यक्ष बिन्दु केसीले आंफ्नो कार्यकालमा भएको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै आंफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई आभार सहित मायाको चिनो प्रदान गरेकी थिईन। साथै उनले नवनिर्वाचित अध्यक्ष निरुदेवी कायस्थलाई क्लबको कलर गाभेल, घण्टी तथा चार्टर प्रमाणपत्र हस्तान्तरण गरी पदस्थापन गराएको थिईन ।

पदस्थापन एबम छात्रवृति वितरण कार्यक्रमका संयोजक एबम इनर व्हिल क्लबका पुर्व अध्यक्ष रेश्मा बैधले कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै इनर व्हिल क्लबले पोखरा र आसपासको क्षेत्रमा शिक्षा, स्वास्थ्य एबम सामाजिक क्षेत्रमा बिभिन्न काम गर्दै आएको जानकारी दिईन। क्लबका नव निर्वाचित अध्यक्ष निरुदेवी कायस्थले आफ्नो कार्यकालमा शिक्षा, महिला स्वास्थ्य तथा सामाजिक सेवासम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गगरेकी थिईन ।

कार्यक्रममा बोल्दै पोखराका युवा ब्यबसायी एबम भ्वाइस फर फ्युचर नेपालका उपाध्यक्ष माइकल कर्माचार्यले सामाजिक संस्थाहरुले समाजको उत्थानको लागि महत्वपूर्ण सहयोग गर्न सक्ने बताउंदै पोखरा सहित मुलुकको भबिष्य उज्वल पार्नको लागि सबैको सामुहिक पहल आबश्यक रहेको बताए ।

सोहि कार्यक्रममा कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ स्थित माछापुच्छ्रे माध्यमिक विद्यालय, भुर्जुङखोलामा अध्ययनरत जेहेन्दार विद्यार्थी सीमा विक, करिना तामाङ, प्रिया गुरुङ, उर्मिला विक र किश्मत गुरुङलाई छात्रवृत्ति प्रदान गरिएको थियो। उक्त जानकारी दिंदै कार्यक्रम संयोजक रेश्मा बैधले छात्रवृति पाउने विद्यार्थीहरुको छनोट स्थानीय बाराही आधारभूत विद्यालयका प्रधानाध्यापक रामप्रसाद आचार्यको समन्वय तथा सहकार्यमा आर्थिक अवस्था र शैक्षिक उत्कृष्टतालाई आधार मानेर गरिएको गुरुकुल खबरलाई बताइन ।

सो अवसरमा निवर्तमान अध्यक्ष तथा सदस्यहरूलाई सम्मान, नवनिर्वाचित अध्यक्ष र कार्यसमितिको परिचय, ल्यापल पिन वितरण, सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो।

आँखामा राख्छु मेरो देश, मुटुमा राख्छु म देश नेपाल’.. जस्ता बिभिन्न सांगीतिक प्रस्तुती समेत भएको उक्त कार्यक्रममा दृष्टिबिहीन संघका जिल्ला अध्यक्ष टेकमान प्रधानांग, भ्वाइस फर फ्युचर नेपालका अध्यक्ष कुमार राना, रोटरी क्लब अफ पोखराका अध्यक्ष मदन शर्मा, इनर व्हिल क्लब अफ मिड टाउनक अध्यक्ष भावना रानाभाट, इनार व्हिल क्लब न्युरोडकी अध्यक्ष मन्जु केसी,इनार व्हिल क्लब अन्नपुर्णकी अध्यक्ष अनिता बराल, इनरव्हिल क्लब पोखराकी संस्थापक अध्यक्ष सोनु सिग्देल, इनर व्हिल जुभेनाईलका अध्यक्ष श्रीश बज्राचार्य लगायत बिभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

३ श्रावण २०८३, आईतवार १८:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा