पोखरा, नेपाली कांग्रेसका नेता एबम प्रजातन्त्रका सेनानी चित्रबहादुर गुरुङलाई पत्निशोक परेको छ। गुरुङकी पत्नी चित्रकुमारी गुरुंगको ७८ बर्षको उमेरमा शुक्रबार कास्कीको अन्नपूर्ण गाउँपालिका – ४, भदौरेस्थित आंफ्नो निवासमा शुक्रबार निधन भएको हो।
चित्रबहादुर गुरुङको परिवार नेपाली काँग्रेसमाथि प्रतिबन्ध लागेको अर्थात पंचायती शासनकाल देखि नै नेपाली नेपाली काँग्रेसको संगठनमा सक्रिय रहँदै आएको परिवार हो। तत्कालिन भदौरे तामागी गाबिसको भदौरे र हाल अन्नपूर्ण गाउँपालिका- ४ भदौरेमा रहेर उनको परिवारले कांग्रेसको संगठनमा महत्वपूर्ण योगदान दिंदै आएको र पंचायतकालमा धेरै कांग्रेस नेताहरुलाई गुरुङको परिवारले संरक्षण गरेको बताइन्छ।
स्वयम चित्रबहादुर गुरुङ पनि लामो समयदेखि बिरामी परेको कारण घरमै स्वास्थ्यलाभ गरेर बसिरहेको बेला उनलाई पत्निशोक परेको छ। शुक्रबार चित्रकुमारीको निधन भएको अबस्थामा नेपाली काँग्रेसका प्रदेश र जिल्लास्तरीय नेताहरु समेत उनको निवासमा नपुगेको भन्दै स्थानीय कांग्रेस कार्यकर्ताहरुले चिन्ता व्यक्त गरेका छन् ।

अन्नपुर्ण गाउँपालिका कास्की जिल्लामा कांग्रेसका धेरै नेताहरु रहेको र जिल्ला देखि केन्द्रसम्म प्रभाव राख्न सक्ने धेरै कांग्रेस नेताहरु रहेको ठाउँको रुपमा चिनिन्छ।
स्व. गुरुङका आफन्त एबम अन्नपूर्ण गाउँपालिकाका कांग्रेस नेता राजबहादुर गुरुङसंग पनि स्थानीय कार्यकर्ताहरुले गुनासो गरेका थिए। ‘यस क्षेत्रमा कंग्रेस्सको लागि महत्वपूर्ण योगदान दिएका चित्रबहादुर बुवाको घरमा शोक परेको बेला जिल्ला वा केन्द्रबाट समेत कोहि कांग्रेस नेताहरु नदेखिंदा चित्त निकै दुख्यो।’ एक स्थानीय युवाले आँफुसंग व्यक्त गरेको भनाई उद्धृत गर्दै राजबहादुर गुरुंगले गुरुकुल खबरसंग भने ।
स्व. गुरुङका श्रीमान चित्रबहादुर र एक छोरी रहेको छन । उनको शुक्रबार दिउँसो अन्त्येष्टि गरिएको थियो स्व. गुरुङको मृत्युपछिको संस्कार उनको भतिजा आइन्दल गुरुङले गर्ने बुझिएको छ। आइन्दल अन्नपूर्ण गाउँ पालिका- ४ को वडाध्यक्ष समेत हुन।
















