Play

जुनियर ह्याण्डबल प्रतियोगितामा छात्रतर्फ गुरूकुल र पोखरा एकेडेमी फाइनलमा

गुरुकुल खबर


पोखरा, यू १६ छात्र/छात्रा जुनियर ह्याण्डबल प्रतियोगिता अन्तर्गत छात्रतर्फ गुरूकुल मावि र पोखरा एकेडेमी फाइनलमा प्रवेश गरेका छन् ।
पोखरा रंगशालास्थित ह्याण्डबल एकेडेमी खेल मैदानमा जारी प्रतियोगितामा गुरूकुलले प्रगती माविलाई र पोखरा एकेडेमीले पोखरा लर्नस एकेडेमीलाई सेमीफाइनलमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । उक्त खेलमा गुरूकुलले प्रगती माविलाई १५–११ तथा पोखरा एकेडेमीले पोखरा लर्नसलाई १७–१४ गोल अन्तरले पराजित गरे ।

त्यस्तै छात्रातर्फ गण्डकी बोर्डिङ स्कुल ए टिम फाइनलमा स्थान बनाएको छ । सम्पन्न सेमीफाइनलमा पोखरा एकेडेमीलाई ३–० गोलले पराजित गरी फाइनलमा पुगेको हो । त्यस्तै छात्रातर्फको एक अर्को खेल भने वर्षाका कारण स्थागित भएको छ । दोस्रो सेमीफाइनल खेल गण्डकी बोर्डिङ बी र प्रगती मावि बीच हुने तय थियो ।

आइतबार रोकिएको एक सेमीफाइनल खेल, तेस्रो स्थान एवं फाइनल खेलहरु सबै भोली (सोमबार) हुने रेफ्रि संयोजक विशाल बस्नेतले जानकारी दिएका छन् । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना, प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक संयोजनमा आयोजित प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भइरहेको छ ।

प्रतियोगिताका विजेता छात्र तथा छात्रा टोलीले समान २५ हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर र सर्वाधिक गोलकर्तालाई जनही ३ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा छात्र–छात्रातर्फ गरी २२ टिमको सहभागिता रहेको छ ।

२८ असार २०८३, आईतवार १६:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा