काठमाडौँ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ (एफएनसीएसआई)को सम्पन्न २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनले बिभिन्न निर्णय गर्नुको साथै तनहुँकी शोभा गुरुङ अध्यक्ष रहेको नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ यहि असार २१ र २२ गते ललितपुरमा सम्पन्न महाधिबेशनमा ७७ जिल्ला र सातै प्रदेशबाट ८५४ प्रतिनिधिले सहभागिता जनाएका थिए।
महाधिवेशनका अवसरमा विभिन्न उद्योगी–व्यवसायीका संस्थागत प्रतिनिधिले आफ्ना उत्पादनका स्टलसमेत राख्दै स्वदेशी उद्योगको प्रवर्द्धन गरेका थिए। महाधिवेशनको पहिलो दिन उद्घाटन सत्रसँगै साङ्गठनिक प्रतिवेदन, महासचिवको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन बन्दसत्रमा प्रस्तुत गरिएको थियो। प्रतिनिधिहरूले आवश्यक सुझावसहित ती प्रतिवेदन पारित गरेका थिए।
दोस्रो दिन केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न भएको थियो। अधिकांश पदमा सहमति जुटेर निर्विरोध निर्वाचन भए पनि प्रमुख पदहरूमा सहमति हुन नसकेपछि सोमबार राति मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिएको हो। निर्वाचन समितिले मङ्गलवार बिहान बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएको छ भने निर्वाचित प्रमाणपत्रसमेत प्रदान गरेको छ।
महाधिवेशनबाट तनहुँकी शोभा गुरुङ अध्यक्षमा निर्वाचित भएकी छन्। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा सुनसरीका डम्बरप्रसाद रेग्मी, महासचिवमा तनहुँका विनोद देव पन्थ, कोषाध्यक्षमा भक्तपुरका वीरेन्द्र जती तथा सचिवमा सुदूरपश्चिमका प्रेमबहादुर डी.सी. निर्वाचित भएका छन्। विधागत उपाध्यक्षतर्फ लघु उद्यम उपाध्यक्षमा पूर्णबहादुर भण्डारी, घरेलु उद्योग उपाध्यक्षमा सत्यनारायण अग्रवाल, नवीकरणीय ऊर्जा उपाध्यक्षमा गुणराज ढकाल (विलास) तथा साना उद्योग उपाध्यक्षमा यादवकुमार अधिकारी निर्विरोध निर्वाचित भएका छन्।
त्यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध उपाध्यक्षमा हरिहर थापा, महिला उपाध्यक्षमा जानकी प्रधान, वस्तुगत उपाध्यक्षमा मोहन कटुवाल, एसोसिएट्स उपाध्यक्षमा रामनाथ मैनाली, सहकारी उपाध्यक्षमा सत्यनारायण प्रजापति, कृषि उपाध्यक्षमा चन्द्रबहादुर बुढा क्षेत्री तथा सह-कोषाध्यक्षमा हेमविक्रम जी.सी. निर्विरोध निर्वाचित भएका छन्।
महिला उद्यमी समितितर्फ केन्द्रीय महिला उद्यमी समितिको अध्यक्षमा रिता अवाल निर्विरोध चयन भएकी छन्। वरिष्ठ उपाध्यक्षमा शान्ति शर्मा, उपाध्यक्षमा शर्मिला खत्री र सोनी महतो, महासचिवमा सुलोचना श्रेष्ठ, कोषाध्यक्षमा मिना तामाङ तथा सचिवमा दीपा शाक्य निर्वाचित भएका छन्।
केन्द्रीय सदस्यमा रिता ढकाल दवाडी, कुमार कसाजु श्रेष्ठ, डिमा शेर्पा, ठाकुरप्रसाद न्यौपाने, रामकृष्ण श्रेष्ठ, रामहरी तोलाड, अमृतप्रसाद सिग्देल, अष्टमान महर्जन, कन्हैयालाल कसौधन, जङ्गबहादुर गिरी, पवन अधिकारी, प्रदीपप्रसाद उदय, फुवा दोर्जे शेर्पा, वसन्तकुमार महर्जन, विक्रम सापकोटा, लवराजा सिंह, लक्ष्मण स्वच्छा, शिवलाल गिरी, सितम भण्डारी र सूर्यबहादुर थापा निर्वाचित भएका छन्।
महिला सदस्यतर्फका सात सिटमा उमाकुमारी खत्री, कमला बास्कोटा रिजाल, तुलसा कुमारी कँडेल, रूपादेवी श्रेष्ठ, लक्ष्मी घिमिरे बस्नेत, लीला कुमारी पाण्डे र शर्मिला अधिकारी निर्वाचित भएका छन्। महाधिबेशन सम्पन्न गर्न निर्वाचन समितिको संयोजकमा शान्तिराम खतिवडा तथा सदस्यमा रवीन्द्रकुमार ढुङ्गाना र इन्दु कार्की रहेका थिए। नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक मङ्गलवार बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बसेर बिभिन्न निर्णय गरेको महासङ्घले जनाएको छ।
















