Play

पोखराको मुख्य बजार क्षेत्रको पार्किंग ब्यबस्थापनमा पोउबासंघले सहजीकरण गर्ने, सुझाब समिति बनाइने

गुरुकुल खबर


पोखरा, पोखराको मुख्य बजार महेन्द्रपुल क्षेत्रको ट्राफिक समस्या समाधानका निम्ति ‘सुझाव संकलन एवं कार्यान्वयन समिति’ गठन हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघले मंगबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको समन्वयमा आयोजना गरेको छलफल कार्यक्रममा समस्याको पहिचान र त्यसको समाधानका निम्ति समिति गठन गर्ने निर्णय भएको हो ।

महेन्द्रपुल क्षेत्रका व्यवसायी सहभागी छलफल कार्यक्रमका प्रमुख अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुजित कुमार देवकोटाले नागरिकको जीवन रक्षा र सहज पार्किङ आफ्नो सरोकार भएकोले यो विषयमा सहकार्यको प्रस्ताव गरेसँगै समिति गठनको सहमति जुटेको हो ।

यसअघि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले फुटपाथ पैदलयात्रीकै भएको भन्ने बिषयमा पोखरा उद्योग वाणिज्य संघ स्पष्ट भएको बताउँदै सडकमा गरिने पार्किङका सवारी आवागमन र ट्राफिक व्यवस्थापन बिग्रन नहुनेमा जोड दिएका थिए ।

पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा फुटपाथमा हुने अनधिकृत व्यवसाय हटाइएको, पार्किङमा देखिएका समस्या समाधानको पहल भएको स्मरण गर्दै उनले भने,‘हामी व्यवसायीलाई मर्का नपरोस् भन्ने चाहन्छौँ। मान्छे आएपछि पार्किङ चाहिन्छ र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने मुल प्रश्न हो । यसमा स्थानीयको साथ र सहयोग हुनुपर्छ ।’

कार्यक्रममा बोल्दै पोखरा ९ का वडाध्यक्ष महानगरले अस्तव्यस्त पार्किङलाई व्यवस्थित गर्न खोज्दा व्यवसायीबाट सहयोग नभएको भन्दै ट्राफिक व्यवस्थापनको लागि महानगर र प्रहरीलाई सघाउनुपर्ने नभए स्थानीयले नै व्यवस्थापन गर्नुपर्ने बताए।

पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष दिनेशचन्द्र बास्तोला र महासचिव शोभा गौतमले पनि ब्यवसायीलाई मर्का नपर्ने र ब्यापार व्यवसायमा असर नपर्ने गरि पार्किंगको ब्यबस्था मिलाइनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा स्थानीय व्यवसायी रोशन महर्जनले व्यवसाय पनि चल्ने र अरुलाई पनि बाधा नहुने गरी पार्किङको व्यवस्थापन हुनुपर्ने धारणा राखेका थिए । महेन्द्रपुलका स्थानीयवासी सुमन श्रेष्ठले महेन्द्रपुल क्षेत्रमा हुने दिनहुँ दुर्घटना हुने गरेको र त्यहाँ रहेको हाइमास्ट बत्ति नबल्दा दोषीको पहिचान गर्न पनि गाह्रो भएको सुनाएका थिए ।

कार्यक्रममा बोल्ने व्यवसायीहरुले भाडाका ट्याक्सीहरुले मुख्य बजार क्षेत्रको सडक नै कब्जा गरी पार्किङ गर्ने गरेको, फुटपाथको चौडाइ कति भन्ने प्रष्ट नभएको लगायतका गुनासा राखेका थिए । ती गुनासो सुनेका जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख देवकोटाले महेन्द्रपुल र मुख्य बजार क्षेत्रमा व्यवसाय गर्नेहरुले आफ्नो गाडी र कर्मचारीका मोटरसाइकल दिनभर दुकान अगाडि राख्दा पनि समस्या भएको सुनाएका थिए ।

पोखरा नगर क्षेत्रमा सिसि क्यामेरा नहुँदा ‘हिट एण्ड रन’ केसका अपराधी समात्न कठिन भएको पनि उनको भनाइ थियो । सिंगो कास्कीका लागि जम्मा ९२ जना ट्राफिक प्रहरी भएको बताउँदै उनले जनशक्ति अभावले सवै क्षेत्रमा ध्यान दिन नसकेको पनि स्वीकार गरे । उनले मादक पदार्थ सेवन गरी सवारी नचाउन पनि सबैसंग आग्रह गरे ।

२४ असार २०८३, बुधबार १५:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा