Play

पोखराका पत्रकार भरत कोइरालालाई लेखनाथ आर्थिक पत्रकारिता पुरस्कार

गुरुकुल खबर


पोखरा, पोखरामा क्रियाशील पत्रकार भरत कोइरालालाई ‘लेखनाथ आर्थिक पत्रकारिता पुरस्कार–२०८३’ प्रदान गरिएको छ । लेखनाथ उद्योग वाणिज्य संघको ३० औं स्थापना दिवसका अवसरमा शनिबार आयोजित एक समारोहमा कोइरालालाई गण्डकी प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल, संघकी अध्यक्ष जानुका पराजुली र प्रतिभा छनोट समितिका संयोजक बाबुराम गिरीले १५ हजार रुपैया सहित सम्मानपत्र र प्रदान गरेका थिए ।

२०५९ देखि पत्रकारितामा संलग्न कोइराला प्राध्यापन र पत्रकारितामा संलग्न छन। उनले लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा आमसञ्चार र पत्रकारिता विषय पढाउँछन् । साथै भद्रकाली माध्यमिक विद्यालय र पश्चिमाञ्चल माध्यमिक विद्यालयमा आमसञ्चार र सामाजिक अध्ययन शिक्षण गर्छन् । उनि समाधान दैनिकको सम्पादक छन

पुरस्कार ग्रहण गरेपछि कोइरालाले निजी क्षेत्र सबल रहे मात्र मिडिया क्षेत्र पनि सबल हुने धारणा राखे । ‘अहिले सूचना प्रविधि र कृत्रिम बौद्धिकताको महामारीका बेला सही सूचना र समाचार ओझेलमा परेका छन्,’ उनले भने, ‘यसका लागि आम नागरिकमा मिडिया साक्षरता हुनु जरुरी छ ।’ सरल जीवनका अनेक मार्ग हुँदाहुँदै पनि समाज हितका लागि आफूले पत्रकारिताको कठिन बाटो रोजेको उनले बताए ।

२१ असार २०८३, आईतवार ०५:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा