Play

जेठ महिनामा कास्की जिल्ला: आत्महत्या गरेर १९ जना र सवारी दुर्घटनामा परेर ६ जनाले ज्यान गुमाए

एक महिनामा २ सय ३० मुद्धा अन्तर्गत १ सय ७४ पक्राउ, फरार रहेका भनिएका ७० पक्राउ र बेपत्ता हुनेको संख्या ७९ जना


गुरुकुल खबर


पोखरा, कास्की जिल्लामा गत जेठ महिनामा १९ जनाले आत्महत्या गरेर ज्यान गुमाएको छन भने सवारी दुर्घटनामा परेर ६ जनाको ज्यान गएको छ। यसैगरी जेठ महिनामा कास्की जिल्लाबाट ७९ जना बेपत्ता भएको बुझिएको छ। यो तथ्यांक हेर्दा कास्की जिल्लामा आत्महत्या गरेर, सवारी दुर्घटनामा परेर वा बेपत्ता भएर ज्यान गुमाउनेहरुको संख्या उल्लेखनीय रहेको देखिन्छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले उपलब्ध गराएको तथ्यांक अनुसार अघिल्लो जेठ महिनामा आत्महत्या गर्ने १९ जनामध्ये १४ जनाले झुण्डीएर, २ जनाले बिष सेवान गरेर र २ जनाले हाम फालेर आत्महत्या गरेका थिए। उमेर समुहाको आधारमा हेर्ने हो भने सबैभन्दा बढी ४० देखि ६० बर्षको उमेर समुहका मानिसहरुले आत्महत्या गरेको देखिन्छ।

जसअनुसार उक्त उमेर समुह अर्थात ४० देखि ६० बर्ष उमेरसमुहका  ८ जना पुरुषले आत्महत्या गरेकोमा १४ देखि ४० बर्ष उमेर समुहका ६ जना पुरुष र १ जना महिला गरि ७ जनाले आत्महत्या गरेको प्रहरीले सार्बजनिक गरेको बिबरणमा जनाइएको छ। १८ बर्ष उमेरसम्मका १/१ जना पुरुष र महिला तथा ६० बर्ष भन्दा बढी उमेरसमूहका पनि १/१ जना महिला पुरुषले आत्महत्या गरेको प्रहरीको बिबरणमा उल्लेख छ।

त्यस अबधिमा भएका १५ वटा सवारी दुर्घटनामा २४ वटा सवारी साधन परेको थिए। ति दुर्घटनामा परेर ६ जनाको ज्यान जानुको साथै ३० जना घाइते भएका थिए । जिल्लामा भएका सवारी दुर्घटनामध्ये १५ वटा दुर्घटनामा प्रहरीले यात्रु एबम सवारी धनीको उद्वार गरेको बताइएको छ । ति दुर्घटनाहरुमध्ये ७ वटा दुर्घटना तिब्र गतिको कारण र ३ वटा दुर्घटना मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको कारण भएको कास्की प्रहरीको भनाई छ।

कास्की प्रहरीका सुचना अधिकारी एबम प्रहरी नायब उपरिक्षक बिरेन्द्र कुमार पासवानका अनुसार जेठ महिनामा ७९ जना बेपत्ता भएकोमा २८ जना महिला, २३ जना पुरुष, २५ जना बालबालिका र ३ जना जेष्ठ नागरिक गरि ७९ जना बेपत्ता भएका थिए । तर, ति मध्ये १४ महिला, १६ पुरुष, २२ बालबालिका र २ जना जेष्ठ नागरिक गरि ५४ जना सम्पर्कमा आएका थिए। यसका साथै अघिल्लो महिना अर्थात बैशाख महिनामा हराएकाहरु मध्ये १३ जना जेठ महिनामा सम्पर्क आएका थिए।

जेठ महिनामा कास्की जिल्लामा बिभिन्न शिर्षकमा गरि कुल २ सय ३० वटा मुद्धा दायर भएकोमा ति मुद्दामा संलग्न १ सय ७४ जनालाई पक्राउ गरिएको प्रहरीको भनाई छ । यस बिचमा जघन्य तथा गम्भीर अपराध सम्बन्धि २४ वटा, महिला बालबालिका जेष्ठ नागरिक सम्बन्धि १२ वटा, आर्थिक विषयसंग सम्बन्धित ९१ वटा र अन्य १ सय ३ वटा मुद्धा दर्ता भएर कारबाहीको प्रक्रियामा रहेको उझिएको छ।

उक्त अवधिमा कास्की प्रहरीले बिभिन्न मुद्धामा फरार रहेका ३८ पुरुष र ३२ महिला पक्राउ गरेर १ करोड ७ लाख ९० हजार ५ सय ६० रुपैया बिगो असुल गरेको प्रहरीले जनाएको छ।

२ असार २०८३, मंगलवार २३:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा