Play

पोखरामा टिपर चालकको लापरबाहीले सडक दुर्घटना बढ्दै, पोखराका बाँस्तोलापछि बन्दीपुरका खत्रीको ज्यान गयो

गुरुकुल खबर


पोखरा, निर्माण सामग्री बोक्ने गाडीका चालकको लापरबाहीका कारण दुर्घटना बढेर मानिसहरुको ज्यान जाने घटना दिनहुँ हुन् थालेका छन। पोखराको सडक फराकिलो बन्नु र जुनसुकै समयमा पनि सडकमा निर्माण सामग्री बोक्ने टिपर वा अन्य गाडीहरु तिब्र गतिमा कुदाउने प्रवृतिको कारण पनि सवारी दुर्घटना बढ्ने र मानिसको ज्यान जाने घटनाले निरन्तरता पाइरहेको छन।

यस क्रममा आइतबार पोखराको मुख्य बजार सृजनाचोक र सभागृहचोकको बीचमा रेडीमेड मिक्स्चर बोक्ने गाडीले ठक्कर दिएर पोखरा -१९ का ३२ बर्षीय राजिब बाँस्तोलाको घटनास्थलमा मृत्यु भएकोमा सोमबार पनि यस्तै प्रकृतिको घटना पोखरा -२७ लेखनाथको डाँडाको नाकमा भएको छ । सोमबार बिहान पोखरा–२७ डाँडाकोनाक अगाडि सडकमा टिपरको ठक्करबाट तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर १ का ५३ वर्षीय विष्णुबहादुर खत्रीको ज्यान गएको छ ।

प्रहरीका अनुसार विजयपुरबाट तालचोकतर्फ जाँदै गरेको ग१ख ७७६६ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको बा ८०प ३५३० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक बिष्णुबहादुर खत्रीको ज्यान गएको हो । उक्त दुर्घटना सोमबार मध्यान्ह करिब १२ बजेतिर भएको थियो । टिपरको ठक्करबाट गम्भीर घाइते भएका खत्रीलाई उपचारका लागि तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अर्थात पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लागिएको भएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । ‘

टिपरको ठक्करका कारण मोटरसाइकल पनि पूर्ण रुपमा क्षतीग्रस्त बनेको र इलाका प्रहरी कार्यालय डाँडाकोनाकले टिपर र त्यसका चालक तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ साखरका ३३ वर्षीय पदमबहादुर थापालाई नियन्त्रणमा लिएको जनाएको छ ।

१ असार २०८३, सोमबार २१:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा