Play

बेगनासतालको प्रबर्द्दन गर्न छैटौं संस्करणको पुरुष एबम महिला डुंगा दौड प्रतियोगिता हुँदै

गुरुकुल खबर


पोखरा, पोखराको लेखनाथमा रहेको बेगनासतालमा स्थानीय डुंगा व्यवसायी समितिको आयोजनामा छैटौं संस्करणको पुरुष तथा महिलातर्फ खुला डुंगा दौड प्रतियोगिता हुने भएको छ । यहि जेठ २७ गते हुने डुंगा दौड राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बेगनासतालबारे प्रचारप्रसार गर्ने, तालमा हुनसक्ने दुर्घटनाबाट र सम्भावित जोखिमबाट बच्न सिकाउने, बेगनासतालको महत्व बुझाउने तथा खेलको माध्यमबाट पर्यटन प्रबर्द्दन गर्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

आयोजक संस्था बेगनासताल डुंगा व्यवसायी समितिका अध्यक्ष नवराज बाँस्तोलाले गुरुकुल खबरलाई दिएको जानकारी अनुसार पुरुषतर्फ बेगनासताल डुंगाघाटबाट रातोटुंडा र कँडेलटुँडाको विचभागसम्म २ किमी दूरीमा तथा महिलातर्फ बेगनासताल डुंगाघाटबाट पिप्लेटुँडासम्म १ किमीको दुरीमा प्रतिस्पर्धा गराइने छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय प्रबर्द्दक रहेको डुंगा दौड प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथमले १५ हजार, द्वितीयले १० हजार, तृतीयले ५ हजार तथा सान्त्वनाले ३ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गर्ने निर्णायक समितिका संयोजक एवं समितिका निवर्तमान अध्यक्ष रबिराज कँडेलले जानकारी दिए ।

प्रतियोगितामा पुरुष र महिलातर्फ गरि २२ टिमको सहभागिता रहने आयोजकको अपेक्षा छ । प्रत्येक टिममा तीनजना डुंगा चालक रहने छन्।
प्रतियोगिता सफल पार्न बेगनासताल डुंगा व्यवसायी समितिका अध्यक्ष नवराज बाँस्तोलाको अध्यक्षतामा मूल आयोजक समिति गठन गरि तयारी तिव्र पारिएको छ । प्रतियोगितामा सहभागी हुनको लागी निशुल्क टिम दर्ताको ब्यबस्था गरिएको छ।

२६ जेष्ठ २०८३, मंगलवार २२:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा