Play

माछापुच्छ्रे बैंकको बैंकिंग एपमा नयाँ सेवा: नेपाल र भारतमा ‘रियल टाइम क्रसबोर्डर ट्रान्सफर सेवा’

गुरुकुल खबर


पोखरा, माछापुच्छ्रे बैंक लिमिटेडले आंफ्नो मोबाइल बैंकिंग एप्लिकेसन मार्फत नेपाल- भारत -नेपाल रियल टाइम क्रसबोर्डर ट्रान्सफर सेवा संचालनमा ल्याएको छ । बैंकले प्रदान गरेको यो नयाँ सेवाले नेपाल र भारतबीच सुरक्षित र सहज तरिकाले तत्काल व्यक्ति देखि व्यक्तिसम्म  रकम स्थानान्तरण (ट्रान्सफर) को सुविधा मिल्ने भएको छ।

यो सेवा शुरु भएसंगै दुई छिमेकी मुलुक नेपाल र भारतमा जनस्तरको डिजिटल वित्तीय पहुँच थापा बलियो बन्ने अपेक्षा बैंकले गरेको छ । यस सेवा उपयोग गरी भारतमा बसोबास गर्ने बिधार्थी, कामदार र नेपाली नागरिकहरूले भारतमा उपलब्ध डिजिटल भुक्तानी सेवासंग सम्बन्धित एप्लिकेसनहरूको प्रयोग गरेर नेपालमा रहका आफ्ना परिवारजन वा अन्य लाभग्राहीहरूकोखातामा सहज रुपमा रकम पठाउन सक्ने भएका छन।

उक्त रकम लाभग्राहीको खातामा तत्कालै जम्मा हुने भएकाले छिटो, सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा उपलब्ध हुनेभएको छ। यसैगरी नेपालमा बसोबास गर्ने वा नेपालमा कार्यरत भारतीय नागरिकहरूले पनि सोहि एप्लिकेसनमा उपलब्ध सुबिधाको प्रयोग गरि भारतमा रकम पठाउन सक्नेछन ।

बैंकले यो सेवा सञ्चालन गर्दा सुरक्षा, पारदर्शिता तथा नियामक निकायका उच्चतम मापदण्डको पालनमा उच्च प्राथमिकता दिएको जनाएको छ। यो पहलले नेपाल र भारतबीचको डिजिटल भुक्तानी तथा रेमिट्यान्स प्रणालीलाई थप प्रबर्द्दन गर्न साथै ग्राहकहरूलाई आधुनिक, सुरक्षित  र सुविधाजनक बैंकिङ सेवा प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

साथै आगामी दिनहरूमा पनि थप उच्चतम प्रविधिमैत्री तथा ग्राहक केन्द्रित वित्तीय सेवाहरू विस्तार गर्दै डिजिटल बैंकिङ क्षेत्रमा नवीनतम सेवा सुबिधाहरु उपलब्ध गराउने प्रतिबद्धता बैंकले गरेको माछापुच्छ्रे बैंकमा कार्यरत प्रतिक्षा थापाले गुरुकुल खबरलाई जानकारी दिईन।

२५ जेष्ठ २०८३, सोमबार १८:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा