पोखरा, पोखरा महानगरपालिका वडा नं.२६ माझकोडाँडाका धन बहादुर खड्काको घरमा कोही नभएको मौका पारी घरको मुलढोका र घरभित्रको कोठाको ताल्चा फोडेर चोरी गर्दै गरेको अबस्थामा एक युवा पक्राउ परेका छन। पक्राउ पर्ने युवा काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ११ घर भएका ३६ बर्षीय राजन तामाङ रहेको प्रहरीले जनाएको छ ।
गत शुक्रबार बिहान साढे ११ बजेको समयमा घरभित्र पसेर कोठाभित्रको दराज समेत तोडफोड गरी धनमाल चोरी गर्दै गरेको अवस्थामा स्थानीय व्यक्तिहरुले देखेर प्रहरीलाई खबर गरेपछि भाग्दै गरेको अबस्थामा तामांग पक्राउ परेको हुन।
ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले ति युवालाई ताल्चा तोडफोड गर्न प्रयोग गर्ने फलामको औजार सहित पक्राउ गरेको र कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान कार्य अगाडी बढाएको कास्की जिल्ला प्रहरी कार्यालयले गुरुकुल खबरलाई जानकारी दिएको छ।
















