यसैबीच, कम्पनीले ‘सेलिब्रेसन इभेन्ट’ समेत गर्ने भएको छ । यस अगाडि पोखरामा बिक्री भएका ओमोडा, जेको र आइकारका ग्राहकलाई भेला गराउने तयारी कम्पनीले गरेको छ । त्यस अवसरमा सहभागी ग्राहकले आफ्नो ब्राण्डको ब्याट्री वारेन्टीलाई विस्तार गर्ने सुविधा पाउनेछन् ।
यस अगाडि बिक्री भएका ओमोडा, जेको र आइकारको ब्याट्री वारेन्टी ११ वर्षमा विस्तार गर्ने सुविधाले ग्राहकहरु लाभान्वित हुने र ब्राण्डप्रतिको विश्वास थप बढ्ने कम्पनीले विश्वास लिएको छ ।ग्राहक सम्मान कार्यक्रमअन्तर्गत पोखराका विद्यमान ओमोडा इ५ का ग्राहकलाई ११ वर्षसम्मको विस्तारित वारेन्टी प्रदान गरिने भएको छ।
‘पोखरा तथा गण्डकी प्रदेशमा ओमोडा जेको परिवारले हासिल गरेको उल्लेखनीय सफलताको उत्सव मनाउन पाउँदा हामी गौरवान्वित छौं,’ बरालले भने । पोखरा बजारमा प्रवेश गरेपछि ब्रान्डले सयौं ग्राहकको विश्वास जित्न सफल भएको उनले जानकारी दिए । पोखराका सडकमा ३५० भन्दा बढी ओमोडा इ५, १०० भन्दा बढी जेको जे६, तथा ६० भन्दा बढी आइकार गुडिरहेका उनीहरुको भनाई छ ।
कम्पनीले पोखराका सम्पूर्ण ओमोडा तथा जेको ग्राहकलाई शुक्रबार पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन निमन्त्रणासमेत गरेको छ । कार्यक्रममा सहभागीहरूले ओमोडा जेको परिवारसँग पुनः भेटघाट गर्नुका साथै नयाँ ओमोडा इ५ प्रोको प्रत्यक्ष अनावरणको अनुभव लिन सक्नेछन् ।















