Play

कांग्रेसमा आन्तरिक बिबाद मिलाउने प्रयास जारी: कास्कीका चार नेता केन्द्रमा तर नेताकै नजिककाले नै पार्टी छोड्दै

रास्वपा प्रवेश गरेका गुरुङलाई कास्की कांग्रेसका सभापति बरालको पनि शुभकामना


गुरुकुल खबर


काठमाडौं, नेपाली कांग्रेसमा बिशेष महाधिबेशनको आयोजनापछि उत्पन्न बिबाद अझै टुंगिएको छैन । बिशेष महाधिबेशन पक्षधर र १४ औं महाधिबेशनबाट बनेको केन्द्रीय समितिका अधिकांश पदधिकारी र सदस्यहरुबिचको बिबादको समाधान हुन नसक्दा पार्टीको माथिल्लो तहदेखि तल्लो तहसम्म निराशा बढ्दै गएको छ । जसका कारण गगन कुमार थापा नेतृत्वको बर्तमान कार्यसमितिले निकै महत्वका साथ् अगाडी बढाएको सदस्यता अधाबधिक गर्ने अभियान समेत प्रभावकारी बन्न सकेको छैन ।

पार्टी भित्रको आन्तरिक बिबाद तल्लो तहसम्म पुगेपछि पछिल्लो समय नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुमा पार्टी परित्याग गरेर अर्को पार्टीमा प्रवेश गर्ने, स्वतन्त्र बस्ने वा सदस्यता समेत अधाबधिक नगरी निष्क्रिय बस्ने प्रवृति पनि त्यत्तिकै देखिएको छ । पार्टीको बिशेष महाधिबेशनबाट कास्कीका तीनजना नेताहरु केन्द्रीय समितिमा पुगेको र सभापति थापाले मनिनित गर्दा समेत कास्की जिल्लाबाट थप १ जनालाई समाबेश गरेपछि कास्की जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरुको संख्या चार पुगेको छ ।

त्यसबाहेक पार्टीको प्रदेश सभापतिलाई पनि पदेन सदस्यको रुपमा ब्यबस्था गरिएपछि कास्की जिल्लाबाट गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा सहित ५ जनाले कांग्रेसको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने अवसर पाएका छन । हाल केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने मात्र नभएर कास्की जिल्ला सभापति समेत बिशेष महाधिबेशन पक्षधर् वा गगन थापा पक्षधरको रुपमा चिनिन्छन।

यसरि प्रतिनिधित्व गर्नेहरु मध्ये कास्की जिल्लाको क्षेत्र न. १ बाट ३ जना रहेको छन । जस अनुसार तिलक रानाभाट र कृष्ण केसी बिशेष महाधिबेशनबाट र जिबन परियार केहि साता अगाडी मनोनित भएर केन्द्रीय सदस्य बनेका छन । यसका साथै कास्की क्षेत्र न. २ का नेता देवराज चालिसे पनि केन्द्रीय समितिको सदस्य हुँदै पार्टीको केंद्रियास प्रबक्ता बनेका छन ।

उल्लिखित केन्द्रीय सदस्यहरुको साथै गण्डकी प्रदेश सभापति शुक्रराज र कास्की जिल्ला सभापति किशोरदत्त बराल पनि बिशेष महाधिबेशन अर्थात गगन थापाको पक्षधर हुन। यसरि हेर्दा कास्कीका ५ जना नेता कांग्रेसको केन्द्रीय समितिमा पुगेको र बिशेष महाधिबेशन पक्षधरको प्रभाव राम्रो छ भनिएपनि कास्की जिल्लाबाट नै कांग्रेसका नेताहरु रास्वपामा जाने क्रम शुरु भएको छ।

यसैक्रममा ३ जना केन्द्रीय सदस्य र कास्की जिल्ला सभापति समेत रहेको कास्की क्षेत्र न.१ बाट त्यस क्षेत्रमा प्रभावशाली मानिने कांग्रेस नेता लेखबहादुर गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन । नेपाली जनसम्पर्क समिति मकाउका पुर्व अध्यक्ष एबम पार्टीको पुर्व महाधिबेशन प्रतिनिधि समेत रहेका गुरुङको रास्वपा प्रवेशले मादी गाउँपालिका र त्यसमा पनि सिक्लेस लगायतका गाउंमा कांग्रेसको प्रभाव कमजोर बन्ने आंकलन गरिएको छ।

उनले आंफ्नो पहलमा कांग्रेसका तत्कालिन सभापति एबम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई मादी गाउँपालिका अन्तर्गत पर्ने प्रमुख पर्यटकीय गाउँ सिक्लेसमा लगेका थिए । माघी संक्रान्तिको मेलाको अबसरमा देउवालाई लगेर बस्तुस्थिति बुझाएपछि मात्र सिक्लेस जाने सडक र पुलको लागि बजेट पर्न लागेको र अहिले पनि सिक्लेस जाने सडकको निर्माण जारी रहेको बताइन्छ। गुरुङको पहलमा सिक्लेस क्षेत्रको बिकासमा महत्वपूर्ण सहयोग पुगेको स्थानीय हरु बताउछन ।

गुरुङ यस अगाडिको स्थानीय तहको निर्बाचनमा मादी गाउँपालिकाको अध्यक्षको उमेद्वार बन्ने प्रयासमा थिए तर पार्टीले उनलाई उमेदवार नबनाएपछि पनि उनि पार्टीको कुनै भूमिकाको खोजीमा रहेको बताइन्छ। तर, पार्टीका नेताहरुको बेवास्ताका कारण केहि दिन अगाडी उनले कांग्रेस छोडेको कुरा सामाजिक संजालबाट सार्बजनिक गरेका थिए। सोहि क्षेत्रबाट प्रतिनिधित्व गर्ने तीनजना केन्द्रीय सदस्य र जिल्ला सभापति किशोरदत्त बराललाई समेत चुनौती दिंदै गुरुङ रास्वपामा प्रवेश गरेका हुन्।

उनले नेपाली काँग्रेसमा उत्पन्न आन्तरिक बिबाद पछि नेपाली काँग्रेस परित्याग गर्ने र स्वतन्त्र रहने भन्दै सामाजिक संजालमा पोस्ट गरेका थिए। तर केहि दिन अगाडी उनले आंफ्नो गाउँ सिक्लेसका अन्य कांग्रेस कार्यकर्ताहरुलाई समेत लिएर रास्वपा प्रवेश गरेका छन। गुरुङजस्तै अन्य कार्यकर्ता यतिबेला पार्टीमा सक्रिय रहने भन्दा पनि पार्टी परित्याग गर्ने वा निष्क्रिय बस्ने मुडमा पुगेको कतिपयको भनाई छ। पार्टीभित्र उत्पन्न आन्तरिक बिबादलाई जिम्मेवार ढंगले मिलाउन नसक्ने हो भने पार्टीका अन्य नेता कार्यकर्तासमेत पार्टीबाट पलायन हुने अबस्थामा देखिएको  बताइन्छ ।

गुरुङलाई कास्की कांग्रेसका सभापति बरालको शुभकामना .. 

यसैबीच, कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले कांग्रेस छोडेर रास्वपामा प्रवेश गरेका गुरुङलाई फेसबुकबाट राजनीतिक यात्राको शुभकामना दिएका छन। लामो समयदेखि पार्टीमा क्रियाशील नेतालाई पार्टीमै बस्ने बाताबरण बनाउनुको साटो अर्को पार्टीमा प्रवेश गरे लगत्तै उनको राजनीतिक यात्राको लागि शुभकामना दिने प्रवृतिलाई कतिपयले आलोचना गरेका छन् भने कतिपयले उनलाई पनि त्यतै आउन आग्रह गर्दै कमेन्ट गरेको छन ।

कांग्रेस जिल्ला सभापति बरालले फेसबुकमा के लेखेका छन त ?

‘मेरा पुराना मित्र तथा राजनीतिक सहयात्री मादी -१ सिक्लेस निवासी लेख बहादुर गुरुङजीले नयाँ राजनीतिक यात्रा रोज्नुभएको खबर उहाँकै फेसबुक पोष्ट्बाट भर्खरै मात्र पाएँ। हामीले लामो समयसम्म एउटै संगठनमा रहेर विभिन्न जिम्मेवारी निर्वाह गरेका छौं। विशेष गरी मैले नेपाली काङ्ग्रेस कास्कीको सभापतिमा निर्वाचन लड्दा उहाँ मेरो समुहको उपसभापतिको उम्मेदवार हुनुहुन्थ्यो। त्यस अवधिमा पार्टी र संगठनका लागि उहाँले पुर्याउनुभएको योगदानको सम्मान गर्दछु।

राजनीतिमा विचार, बाटो र गन्तव्य फरक हुन सक्छन्। लोकतन्त्रको सुन्दरता नै आफ्नो विश्वासअनुसार राजनीतिक निर्णय गर्ने स्वतन्त्रतामा निहित छ। उहाँले रोज्नुभएको नयाँ यात्राका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु। हाम्रो व्यक्तिगत मित्रता, पारस्परिक सम्मान र सामाजिक सम्बन्ध भने राजनीतिक दलको सीमाभन्दा माथि रहने विश्वास लिएको छु। उहाँको आगामी राजनीतिक तथा व्यक्तिगत जीवन सफल रहोस् भन्ने शुभेच्छा व्यक्त गर्नु भन्दा अगाडि एक पटक आफ्नो यो निर्णयमा पुनर्विचार गर्नु हुन मित्र लेखबहादुरजीलाई अनुरोध गर्द्छु।

सभापति थापासंग संस्थापन इतरका नेताहरु गोबिन्द र उमेशजंग समेतको भेटघाट 

यसैबीच नेपाली काँग्रेसको आन्तरिक बिबाद साम्य पार्नको लागि नेताहरुले पहल गर्न थालेका छन यसक्रममा नेपाली कांग्रेसको १४ औं महाधिबेशनबाट केन्द्रिय सदस्य बनेका गोबिन्द भट्टराई, उमेशजंग रायमाझी र गीता गुरुङ लगायतका नेताले सानेपास्थित केन्द्रीय कार्यालय पुगेर सभापति थापा संग भेटघाट गरेको बुझिएको छ।

कांग्रेसको पुर्व संस्थापन समूहका नेता गोविन्द भट्टराईको नेतृत्वमा गएको टोलीले सभापति थापासँग् भेट गर्दै पार्टीभित्र सबै पक्षलाई समेटेर महाधिवेशनमा जाने विषयमा कुराकानी गरेको बुझिएको छ । ‘पार्टीभित्र सबै पक्षलाई अट्न मिल्ने गरि गरी वृहत एकता गरेर अघि बढाउने विषयमा कुरा भयो,’ सभापति थापासंगको भेटपछि नेता भट्टराईले भने । ‘टोलीसँगको भेटका क्रममा सभापति थापाले आँफु सबै पक्षलाई समेटेर अघि बढ्ने सोचमा सकारात्मक रहेको बताएका थिए ।

भेट पछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता भट्टराईले भनेका छन् –आज नेपाली कांग्रेसका सभापति गगन थापाज्यूसंग कांग्रेस पार्टी भित्र रहेको असहज अबस्थालाई समाप्त पार्दै पार्टीमा बृहत् एकता कायम गरी पार्टीलाई मजबुत ढंगले अगाडि बढाउने सन्दर्भमा सकारात्मकरुपमा छलफल भयो । आशा र भरोसा गरौ छिट्टै निष्कर्षमा पुगिने छ ।

२० जेष्ठ २०८३, बुधबार २३:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा