पोखरा, नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीमा बिबाद रहेको स्वीकार गर्दै बिबाद समाधान गर्न आआंफ्नो मोडल हुने भएकोले सोहि मोडल अनुसार नै काम भैरहेको बताएका छन। पोखरामा नेपाली काँग्रेसका गण्डकी प्रदेशस्तरीय भेला एबम प्रशिक्षणको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कांग्रेस उपसभापति शर्माले भने, नेपाली कांग्रेसभित्र बिबाद छ, तर बिबाद समाधान गर्न आआफ्नो छुट्टाछुट्टै मोडल हुने भएकोले सोहि अनुरुप बिबाद समाधानको पहल भैरहेको छ।
नेता शर्माले बिशेष महाधिबेशनमा नआएको मान्छे मिना खरेललाई नेपाल महिला संघको केन्द्रीय अध्यक्ष मनोनित गरिएको र बिशेष महाधिबेशनमा सहभागी नभएका १९ जनालाई केन्द्रीय समितिमा मनोनित गरिएको जानकारी गराउंदै सहभागी सामु प्रश्न गरे- अनि यो बिबाद मिलाउन गरिएको पहल हैन र ? उनले पार्टी सभापति थापालाई बिबाद मिलाउनको लागि आबश्यक सुझाब दिन समेत आग्रह गरे ‘तपाईंहरुले गगन थापालाई यो कुरा भएन भनेर भन्दिनुहोला, जसले पार्टीको बिबाद समाधान गर्न सहयोग पुगोस।’
पार्टीको केन्द्रीय सदस्यमा मनोनित १९ जनाको बिषयमा पार्टीका नेता पूर्णबहादुर खड्का र डा.शेखर कोइरालाप्रति लक्षित् गर्दै उपसभापति शर्माले प्रश्न गरे, १९ जना साथीहरुको मनोनयन गर्दा कसलाई सोध्नुपर्ने ? बिशेष महाधिबेशनको प्रक्रिया अगाडी बढ्दै गर्दा हामीमाथि कारबाहीको ड्राफ्ट गर्ने साथीहरु पनि मनोनित भएका छन र अहिले यहीं छन। उनले १४ औं महाधिबेशनबाट सहमहामन्त्री बनेका र हालै केन्द्रीय सदस्यमा मनोनित भएका कास्कीका जिबन परियारलाई देखाउंदै भने।
१९ जना केन्द्रीय सदस्यको मनोनयन पछि कतिपय पार्टीका नेताहरुले कोइराला र खड्का समूह फुटाएर कमजोर पार्ने र समुहगत भन्दा व्यक्ति बिशेषलाई केन्द्रमा राखेर गरिने एकता भन्दा नेता र कार्यकर्ता सबै मिल्न सक्ने भावनात्मक एकताको सन्देश प्रवाह गर्नुपर्ने आवाज उठिरहेको बेला शर्माले उक्त कुरा बताएका हुन।शर्मा भन्दा अगाडी बोल्ने बक्ता गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि व्यक्ति बिशेषलाई केन्द्रमा राखेर गरिने एकता प्रयासले एकताको सन्देश नदिने र भावनात्मक रुपमा एक हुने बाताबरण तयार गरि सम्पूर्ण एकता कायम गर्न पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

उपसभापति शर्माले आँफुहरु सरकारको बिपक्षी भएपनि सरकारलाई साथ र सहयोग गर्छौं भनिरहेको तर प्रधानमन्त्री स्वयम नै संसद पुग्न नसक्ने हो र यसैगरी अरु गतिबिधि हुने हो भने हामीले सहयोग गर्छौं भन्नुको कुनै अर्थ नरहने स्पष्ट पारे । कांग्रेस उपसभापति शर्माले नेकपा एमालेसंगको सत्तासहकार्य जारी रहने समेत बताए। उनले भने ‘प्रदेश सरकारमा जे जसरि गठबन्धन भएको छ त्यो कायम रहन्छ’
प्रदेश सरकारमा मुख्य मन्त्री र मन्त्रीहरुको फेरबदल गर्ने बिषयमा भने उनले केहि बताएनन। जब कि प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री फेरबदल गर्न उपसभापति शर्मा स्वयम गुन्डुमा पुगेर एमाले अध्यक्ष केपी ओली र अन्य नेताहरुसंग भेटघाट भएको कुरा सार्बजनिक भैसकेको छ। कांग्रेसका तत्कालिन सभापति शेरबहादुर देउवाकै पालामा सातबुंदे सहमतिको आधारमा संघिय सरकार र प्रदेश सरकारको निर्माण संचालन भएको थियो।
भदौ २३ र २४ मा जेनजी पुस्ताको नाममा भएको आन्दोलनका कारण संघिय सरकार परिवर्तन भएपनि प्रदेश सरकारहरु भने सोहि सहमतिको आधारमा संचालन भैरहेको छन ।
सम्बन्धित समाचार ..
सदस्यता अधाबधिकको काम नगर्नेलाई तत्काल हटाएर अर्को साथीलाई जिम्मेवारी दिईन्छ – कांग्रेस सभापति थापा














