Play

बिश्व बजारमा प्रभाव बिस्तार गर्दै नेपाली चलचित्र: केहि नेपाली चलचित्र बिदेशमा करोडौंको ब्यापार गर्न सफल

गुरुकुल खबर


पोखरा, नेपाली सिनेमाले विस्तारै बिश्व बजारमा प्रभाव बिस्तार गर्दै गएको र नेपाली चलचित्रको मार्केट विश्वबजारमा बढ्न थालेको कास्कीको ल्वांगमा आयोजित एक कार्यक्रममा चलचित्र क्षेत्रसंग सम्बन्धित व्यक्तित्वहरुले जानकारी गराएका छन । चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा चौथो संस्करणको सिनेमा संवाद अन्तर्गत कास्कीको ल्वांगमा आयोजित ‘ग्लोबल माकेर्टमा नेपाली सिनेमा’ विषयक सम्बादमा अभिनेत्री बेनिशा हमालको साथै लेखक, निर्देशक एवं निर्माता सामिप्यराज तिमिल्सिनाले उक्त कुरा बताएका हुन ।

संवादका क्रममा नेपाली सिनेमाको बजार बिस्तारै ग्लोबल मार्केटमा पुगिसकेको र यसको अब विकास र बिस्तार आवश्यक रहेको उनीहरुले बताए । सहजकर्ता बिमला थापाले नेपाली फिल्म ग्लोबलमा मार्केटमा कहिले छिर्छ भन्ने जिज्ञासामा चलचित्र समीक्षकसमेत रहेका तिमिल्सिनाले भने, ग्लोबल मार्केटमा हामीहरु छिरिसक्यौं, अब कति हल्ला मच्याउने भन्ने मात्र बाँकी छ ।’

मीन भाम निर्देशित नेपाली फिल्म ‘शाम्बाला’ अघिल्लो वर्ष बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलको इतिहासमै नयाँ कीर्तिमान कायम गर्न सफल भएको थियो । कान्स फिल्म फेस्टिभलमा समेत नेपालले सहभागिता जनाइसकेको छ । जबकि ठूलो उद्योग मानिएको भारतले समेत नेपालजस्तो एचिभ गर्न नसकेको तिमिल्सिनाको भनाइ थियो । उनले बाँकी धेरै उद्योगको तुलनामा नेपाली फिल्म उद्योग ग्लोबल मार्केटमा पुगेको उनले दाबि गरे ।

उनका अनुसार ‘उनको स्वीटर’ले अष्ट्रेलिया, न्यूजिल्याण्ड, युएईको मार्केटमा मात्र ६ करोडको ब्यापार गरेको छ । ‘जेरी एण्ड टप’ले अष्ट्रेलियाबाट साढे ३ करोडको व्यापार गरेको छ । यी दुई फिल्मले भारतीयको मार्केटमा पनि ३ करोडको जति बिजनेस गरिसकेका छन् ।

अभिनेत्री बेनिशा हमालले फिल्म करियरको शुरुको समयमा विदेश घुम्दा वोर्ल्ड सिनेमा कस्तो हुँदोरहेछ भन्ने बुझ्ने मौका मिलेको स्मरण गरिन् । करिब १० वर्षअघि ‘कालोपोथी’ फिल्मको हिस्सा भएका कारण टोकियो र सिंगापुरमा भएका फिल्म फेस्टिभलमा जाँदा आफू एक्सपोजर हुने मौका मिलेको बताउंदै उनले भनिन, ‘बिगतमा धेरै कुरा थाहा थिएन । वोर्ल्ड सिनेमा कस्तो हुन्छ भन्ने पनि थाहा थिएन । त्यहाँ नजिकबाट धेरै सिनेमा हेर्न पाइयो ।’

एक अर्को प्रसंगमा नेपाली फिल्मको कथा बलियो छ भने पैसा नहुँदैमा खुम्चिनुपर्ने अवस्था नभएको उनीहरुले बताए । तिमिल्सिनाले भने, ‘कथा राम्रो भयो भने अहिले पैसा छैन भनेर खुम्चिएर बस्नुपर्ने छैन । पैसा हाल्नका लागि दुनियाँ तयार छ ।’ पोखराको लामाचौरमा  छायांकन भएको उनको ‘एकमुठ्ठी बादल’ को कलरको काम थाइल्याण्डमा भइरहेको छ । साउण्डको काम भारतमा भएको जनाए ।

ग्लोबल मार्केटका लागि कुनै फेस्टिभलमा फिल्म छानियो भने त्यो फिल्म किन्न विदेशका वितरक इच्छुक हुन्छन् । ओटिटी राइट पनि किन्ने गरेको उनले सुनाए ।रोनाधोना मात्र खालका फिल्म छैनन् ।’ उनका अनुसार गत वर्ष पाँच दर्जन जति फिल्म रिलिज भए । निकै रोचकखालका फिल्म पनि बने । तर तिनीहरुमध्ये केहीले बक्स अफिसमा त्यो लेभलमा प्रुफ गर्न सकेनन् । अभिनेत्री बेनिशाले पनि हामीसँग कथाको कमी नभएको उल्लेख गरिन् । नेटफिक्स, ओटिटीमा समेत नेपाली फिल्म लैजान सरोकारवाला निकायले पनि अझ पहल गर्नुपर्नेमा संवादमा विषय उठान भएको थियो

२८ बैशाख २०८३, सोमबार ०९:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा