Play

मौरीपालन उद्यमशीलता विकास गर्न मौरीपालक कृषकहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका, आर्थिक विकास महाशाखा अन्तर्गत कृषि विकास शाखाको आयोजनामा तथा जिम्याप नेपाल परियोजनाको सहकार्यमा सञ्चालन गरिएको मौरीपालन उद्यमशीलता विकास प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

तालिम २०८३ साल वैशाख १३ गतेदेखि १७ गतेसम्म तथा वैशाख २५ र २६ गते गरी सात दिन सञ्चालन गरिएको थियो । पोखरा महानगरपालिकाका विभिन्न वडाबाट
छनोट भएका २३ जना सहभागी तालिममा सहभागी भएका थिए । सहभागीहरू कम्तीमा १५ घारदेखि १५० घारसम्म मौरीपालन गर्दै आएका व्यवसायीक कृषक तथा
उद्यमीहरू रहेको महानगरपालिकाले जनाएको छ ।

तालिममा मौरीपालनको आधुनिक प्रविधि, घार व्यवस्थापन, उद्यमशीलता विकास, व्यवसाय योजना, बजारीकरण तथा मूल्य शृङ्खला, प्रशिक्षण विधि, सञ्चार तथा
प्रस्तुतीकरण सीपलगायत विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो। सहभागीहरूलाई फरक–फरक विषयमा प्रस्तुतीकरण अभ्याससमेत गराइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै तालिमबाट प्राप्त ज्ञान, सीप र प्रविधिको सही प्रयोग गरी उत्पादकत्व वृद्धि तथा आत्मनिर्भर बन्न आग्रह गरे । उहाँले उत्पादक किसानलाई महानगरपालिकाले विशेष प्राथमिकता दिँदै आएको उल्लेख गरे ।

कार्यक्रममा जिम्याप परियोजनाका बजार तथा मूल्य शृङ्खला विशेषज्ञ सुरेश बरालले व्यवसाय योजना, उद्यमशीलता विकास, गुणस्तर सुधार तथा प्रशिक्षण
विधिसम्बन्धी प्राविधिक सहजीकरण गरेका थिए ।

आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पछिल्लो समयमा पोखरामा मौरीपालनतर्फ आकर्षण र महको माग बढ्दै गएको बताउंदै महानगरपालिकाले मौरी तथा मह मेला आयोजना, “एक वडा एक पकेट” कार्यक्रम सञ्चालन तथा वडा कृषि सञ्जालमार्फत मौरीपालन प्रबर्द्दन गर्दै आएको जानकारी दिए ।

मौरीपालनले विषादी न्यूनीकरण अभियानमा सहयोग पुर्याउने, जैविक विविधता संरक्षण गर्ने, आर्थिक उपार्जन तथा रोजगारी सिर्जना गर्ने भएकाले उद्यमी
कृषकको क्षमता अभिवृद्धि र स्रोत व्यक्तिका रूपमा विकास गर्न तालिम सञ्चालन गरिएको उनले जानकारी दिए ।

२८ बैशाख २०८३, सोमबार ०८:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा