Play

रोल्पाको जिप दुर्घटनामा मृत्यु हुनेहरुको नामावली

गुरुकुल खबर


रोल्पा, रोल्पा जिल्लाको जलजला क्षेत्रमा तीर्थयात्री बोकेको जिप दुर्घटनामा परि ज्यान गुमाउनेको बिस जनाको सनाखत भएको छ । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहीबार दिउँसो भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

बैशाख १८ अर्थात आज वैशाखे पूर्णिमामा मेलामा पूजा गर्न भनि रुकुमपूर्वबाट तीर्थयात्री बोकेर गएको जिप रोल्पाको थवाङ गाउँपालिकामा पर्ने जलजला क्षेत्रमै दुर्घटनामा परेको थियो । इलाका प्रहरी कार्यालय थवाङका प्रहरी निरीक्षक रामचन्द्र बगालेका अनुसार लु १ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो।

सडकबाट धेरै टल भिरालो जमिनमा जिप खसेर भएको उक्त दुर्घटनामा परेका मृतकहरुको शब् उद्वार गर्न समेत निकै कठिनाई भएको र शुक्रबार अर्थात आज केहि समय अगाडीसम्म अधिकांशको शब सुरक्षाकर्मीले घटनास्थलबाट उद्वार गरेको बुझिएको छ ।

उक्त जिप दुर्घटनामा मृत्यु भएका २० जनाको नामावली यसप्रकार रहेको छ ।

सिस्ने गाउँपालिका–५, रुकुम पूर्व (टाकुरा) 
गोर्ख विक (३२ वर्ष), तिलकुमारी बुढाथोकी (५३ वर्ष), युवा घर्ती बिसी (२८ वर्ष), दिव्यन बिसी (१० वर्ष), सृजना बुढाथोकी (२४ वर्ष), सुदीप बुढाथोकी (१३ वर्ष), ओमकुमारी बुढाथोकी (४० वर्ष), मीना कमिनी (६० वर्ष), लक्ष्मी शाह (६० वर्ष), रुपमिना बस्नेत (२७ वर्ष)
अन्य स्थानका
बेदु कामी (४२ वर्ष) – चालक, शान्तिनगर गाउँपालिका, दाङ, टेक प्रसाद बस्नेत – भूमे गाउँपालिका–५
घोराही उपमहानगरपालिका (दाङ) क्षेत्रका:
दोरपती जिसी (५४ वर्ष) – घोराही–१५, रतनपुर, तिला जिसी (३२ वर्ष), जेनिस जिसी (७ वर्ष), जेनिसा जिसी (१२ वर्ष), एलिना जीसी (२५ वर्ष), संयोग जिसी (७ वर्ष), यमबहादुर जिसी (उमेर नखुलेको), धनमाया बिष्ट – घोराही–१३

१८ बैशाख २०८३, शुक्रबार १४:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा