पोखरा, पोखरा महानगरपालिका- ५, मालेपाटन, तल्लोकुलाको डिलमा रहेको मनकामना मन्दिरको पूर्वाधारमा थप बिकास गर्दै मन्दिरलाई धार्मिक पर्यटनको गन्तब्य बनाउने लक्षका साथ सप्ताहब्यापी श्रीमदभागवत ज्ञानमहापुराण गरिने भएको छ यही बैशाख २५ गते देखि जेठ १ गते सम्म संचालन गरिने सप्ताहब्यापी मदभागवत ज्ञानमहापुराणमा प्रमुख वाचकको रुपमा पण्डित दिपक प्रसाद पौडेललाई आमन्त्रण गरिएको बुझिएको छ ।
मनकामना देविको साक्षात शक्ति रहेको भनि बिश्वास गरिएको मनकामना मन्दिर परिसरमा भगवान शिब, राधाकृष्ण, सन्तोषीमाता लगाएत देबीदेवताका मन्दिरहरुका साथ पोखराकै सर्बोत्कृष्ट मनकामना जेष्ठ नागरिक मिलन केन्द्र, दुइ सभाहल र एक पटकमा ५ जना सम्म बस्न मिल्ने आवाशिय क्रियापुत्रि भवन संचालनमा रहेको छ ।
स्थानीयको सर्बसाधारण एबम बिभिन्न व्यक्ति र संस्थाको सहयोगबाट मनकामना मन्दिरले बिभिन्न गतिबिधि संचालन गर्दै आएको छ धारापानि–कडुजेदेखि ल्याईएको शुद्ध पानि राख्नको लागि दुई हजार लिटर भन्दा बढी क्षमताका दुईवटा खानेपानि ट्याङकीहरु पनि मन्दिर परिसरमा रहेका छन ।
हाल श्रीमदभागवत ज्ञान महापुराणको पुर्व तयारीका कामहरु संचालन भईरहेको र मन्दिरको पुर्वाधार विकास गरि मनकामना मन्दिरलाई धार्मिक पर्यटनको गन्तब्य बनाउने लक्ष्य राखेर यो महायज्ञ आयोजना गर्न लागिएको मनकामना मन्दिर विकास समितिका अध्यक्ष पुष्पराज बरालले गुरुकुल खबरलाई जानकारी दिए ।














