पोखरा, जिल्ला प्रहरी कार्यालय कास्कीले उत्कृष्ट प्रहरी घोषणा गरेर पुरष्कृत गरेको व्यक्ति (प्रहरी ) नै घुस सहित पक्राउ परेको छन । कास्की जिल्ला प्रहरी कार्यालयको मुद्धा फाँटमा कार्यरत वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री २०८१ माघमा ‘उत्कृष्ट प्रहरी’ (बेस्ट पुलिस अफ द मन्थ) बाट सम्मानित भएका थिए। जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई पुस महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको थियो उत्कृष्ट प्रहरीको सम्मान पाएको केहि महिना पछि नै उनि ५० हजार रुपैया घुसको रकम सहित पक्राउ परेका छन।
उनले पाएको सम्मानपत्रमा ‘जिल्ला प्रहरी कार्यालय कास्कीको अपराध अनुसन्धान शाखामा खटाई विभिन्न सहकारी ठगीसम्बन्धी कसुर, संगठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका कसुरको अनुसन्धान कार्यमा खटिएर प्रभावकारी संकलन, विभिन्न व्यवस्थापन सम्बन्धमा उत्कृष्ट कार्य गरेको ‘ उल्लेख गरिएको छ। प्रहरी चौकी अरुणखोला (बर्दघाट सुस्ता पूर्व) नवलपरासीमा दरबन्दी रहेका उनलाई त्यस अगाडी नै जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा सरुवा गरेर ल्याईएको थियो।

यसरि उत्कृष्ट काम गरेको भनि सम्मान पाएको जिम्मेवार व्यक्ति नै घुस सहित पक्राउ पर्नुलाई आश्चर्यको रुपमा हेरिएको छ । उनको पक्राउ प्रहरी कार्यालयको टोलीले नभएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले गर्नुको पछाडी उनले घुस बापत लिएको रकमले आँफु भन्दा माथिल्लो तहका हाकिमहरुलाई रिझाउंथे, भन्ने आरोप लगाउनेहरुलाई बल पुगेको छ ।
लागुऔषध मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको अबस्थामा शनिबार उनलाई पक्राउ गरिएको हो। लागु औषध वा अन्य कुनैपनि अभियोगसहित प्रहरीले कसैलाई पक्राउ गरेमा आबश्यक अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयमा पठाउने फाइल तयार गर्ने काम मुद्दा शाखाले नै गर्छ।
मुद्धा शाखामा बसेर अनुसन्धानको प्रमाण लुकाएर मुद्दा कमजोर बनाउने वा उनिहरुसंग अनाबश्यक प्रमाण छन भनेर बार्गेनिंग गर्ने काममा मुद्दा शाखाका प्रहरी कर्मचारी संलग्न हुने गरेको आरोप समेत लाग्दै गरेको अबस्थामा वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीको पक्रौले त्यसलाई पुष्टि गरेको छ ।















