पोखरा, पत्रकार एबम लेखक नारायण गाउँलेले नेपाल प्रहरीका पुर्व एआइजी समत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेललाई एसपी हुँदासम्म पुछार तिर पर्ने पोखरेल केहि नेताको फेरो समातेर एआइजी बन्न सफल भएको बताएका छन।
ओखलढुंगा जिल्लास्थित एक बिधालयका प्रअ आँफुलाई स्वागत गर्न गेटमा नआएको भन्दै रास्वपा सांसद पोखरेलले निकै तल्लोस्तरमा झरेर गालि गरेका थिए । उनले आँफुलाई १ नम्बरको माननीय हुँ भन्दै नेपाल सरकारको विशिष्ट कर्माचारीबाट रिटायर्ड भएकोले पनि आँफुलाई सम्मान गर्न बाहिर किन नआएको भन्दै थर्काएका थिए।
विधालयका प्रअले उनै पोखरेललाई दिनको लागि ज्ञापनपत्र तयार गर्न लागेको तर बारम्बार बिजुली गएर केहि ढिलो हुन् गएको भन्दै क्षमायाचना गरेका थिए। तर सांसद पोखरेलले ति प्रअलाई सबैको सामु माफि माग्न लगाएर पुरै झुक्न लगाएका थिए। पोखरेलले देखाएको दम्भ र उनले ब्यक्त गरेको गालि सामाजिक संजालमा यतिबेला भाइरल भएको छ।

सामाजिक संजालमा लेख्दै गाउँलेले पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय बिबादित थियो भन्दै म सिनियर भएर पनि आईजी बन्न पाईन भनेर उनले गरेको रोदनपछि रास्वपाले एकाएक सांसद बनाइदिएको उल्लेख गरेका छन गाउँलेले लेखेका छन।
यसै सन्दर्भमा लेखक तथा पत्रकार नारायण गाउँलेले लेखेको कुरा यस्तो छ ।
राज्यका हरेक सङ्गठन र संयन्त्रलाई कसरी क्षतविक्षत बनाउने काम भएको थियो भन्ने अनुभव हुन पर्ने हो । सांसद् बनाएको पक्कै रास्वपाले हो, तर मेरिट, विधि र नैतिकता कुल्चेर वरिष्ठ प्रहरी अधिकृतसम्म पुऱ्याएको दलहरूले नै हो ।
प्रहरीभित्र इन्स्पेक्टरदेखि डीएसपी र एसपी हुँदासम्म आन्तरिक मूल्याङ्कनमा यी सधैँ पुछारतिर थिए । तर पालैपालो दुई पार्टीको फेरो समाउँदै यी अगाडि बढिरहे !
एमाले नेता ईश्वर पोखरेलसँग नजिक भएपछि अन्य योग्य, क्षमतावान् र सिनियर अफिसर्सलाई पन्छाएर यी डीआईजी बनाइएका थिए । अरूभन्दा कम नम्बर भए पनि पहिलो नम्बरमा राखेर यिनको मात्रै एकल बढुवा हुँदै आएको थियो ।
त्यति गर्दा पनि प्रहरी महानिरीक्षक बनाउन नसकिने भएपछि दरबन्दी नै थपेर यिनलाईमात्रै एआईजीमा बढुवा गर्ने एकदम विवादित निर्णय भएको थियो ! त्यस्तो षड्यन्त्र र प्रपञ्चबाट यिनलाई कृत्रिम सिनियरमा रूपान्तरण गरिएको थियो । प्रहरी प्रमुखको एक्लो दाबेदार बन्ने गरी यिनको बढुवा हुँदा प्रहरीभित्र र बाहिर निकै असन्तुष्टि देखिएको थियो ।
तर एमाले सरकार ढलेसँगै महानिरीक्षक बन्ने यिनको लाइन र सपना पूरा भएन । देउबाले धीरजप्रताप सिंहलाई आईजीपी बनाएपछि यिनले ‘बरीयता’ मिचिएको र सिनियरलाई नबनाएर जुनियरलाई बनाएको भन्दै राजीनामा दिएका थिए । जबकि सुरुदेखि धीरजप्रताप सिंह विश्वराजभन्दा सिनियर र कार्यसम्पादनमा अब्बल थिए । आफूसँग सात करोड मागिएको र दिन नसकेकाले आईजीपी नबनेको यिनले दाबी गरेका थिए । यसअघि कति रकम दिएर यी अन्य सिनियरलाई उछिन्दै एकल बढुवा हुँदै आएका थिए भन्ने उनले खुलाएका छैनन् । त्यति सिनियर प्रहरी अधिकारीसँग घूस माग्ने नेतालाई किन पक्राउ नगरेको भन्ने प्रश्न सोध्ने र कारवाही गर्ने काम बाँकी नै छ ।
२३-२४ को आन्दोलनमा त्यति ठूलो जनधनको क्षति हुनु र सुरक्षाचूक हुनुमा प्रहरी सङ्गठनको नालायकीपन पनि जिम्मेबार छ ! सिङ्गो सङ्गठन नै तासको घरजस्तो गर्ल्यामगुर्लुम ढलेको थियो । ३-४ लाखसम्मको भीड, आन्दोलन र आपातकाल व्यवस्थापन गर्न सक्ने लजिस्टिक रहेको प्रहरीले एक लाख जतिको भीड पनि नियन्त्रण गर्न सकेन ! तालीम, अध्ययन, क्षमतावृद्धि र योग्यताजस्ता कुरा प्रहरीभित्र नचाहिने र नेताको आशीर्वाद भए पुग्ने परम्पराले गर्दा प्रहरीको क्षमता त्यस हदसम्म खस्किएको हो । नागरिक जोगाउनुपर्ने प्रहरी आफ्नै कार्यालय र यूनिफर्म जोगाउन नसक्ने अवस्थामा पुग्यो । त्यो सबै एकदिनमा भएको होइन । सङ्गठनभित्रको चरम राजनीति र भ्रष्टाचारले गर्दा भएको हो ।
म सिनियर भएर पनि आईजीपी बन्न पाइन भन्ने उनको रोदन बिक्यो । प्रहरीको त्यति माथिल्लो तहसम्म पुगेको व्यक्ति पक्कै सक्षम होला, अनुभवी होला र राजनीतिपीडित भएर आईजीपी नबनेको होला भन्ने रास्वपालाई लाग्यो । उसले टिकट दियो । त्यसमा खास कुनै गल्ती देखिन्न । उसले हतारमा गृहमन्त्री बनाएन । नत्र यिनले आफू गृहमन्त्री नै बन्ने भन्दै प्रचार गर्दै आएका थिए । आज यिनको क्षुद्र र तुच्छ व्यवहार बाहिर आउँदा समर्थन पनि गरेको छैन ।
नभएको दरबन्दी थपेर, मूल्याङ्कन र नम्बर मिचेर स्वार्थवश एउटा जुनियर प्रहरी अधिकृतलाई एक्लै बढुवा गर्ने काम गलत थियो भन्दै एमाले र कांग्रेसजस्ता साना पार्टीले आत्मालोचना गर्ने र माफी माग्ने हो भने रास्वपाले पनि माग्ला !














