पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निर्बाचित सांसद विश्वराज पोखरेलले उनकै जिल्लाको एक विद्यालयको प्रधानाध्यापकले स्वागत गर्न नआएको भन्दै दिएको अभिव्यक्तिको चौतर्फी बिरोध भएको छ । उनलाई सांसदबाट बर्खास्त गर्नुपर्ने, राजीनामा माग्नुपर्ने, कारबाही गर्नुपर्ने, माफि माग्न लगाउनुपर्ने जस्ता माग सहितका प्रतिक्रिया सामाजिक संजालमा भाइरल भैरहेका छन ओखलढुङ्गाबाट निर्वाचित पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको एक विद्यालयका प्रधानाध्यापकलाई बिधालय हाता भित्र सबैको सामु थर्काएका थिए ।
आँफुलाई स्वागत गर्न गेट बाहिरसम्म नआएको भन्दै रुष्ट बनेका पोखरेलले भनेका थिए, ‘म आउँदैछु भन्दा तपाईं निस्किनु पर्छ । तपाईं कर्मचारी हो । म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ ।’ आफूलाई माननीयका रुपमा चिनाउदै पोखरेलले ‘जिल्लाको एउटा माननीय आउँदा हेड मास्टर कोठाभित्र चुप लागेर बस्ने ?’ भन्दै थर्काएका थिए । सांसद पोखरेलको बोलीलाई लिएर पार्टीभित्र र बाहिरबाट उनको अभिव्यक्ति प्रति विरोध हुन थालेको छ ।
प्रधानाध्यापकले उनै सांसद पोखरेललाई बुझाउने ज्ञापन पत्र तयार गर्न लागिरहेको र समय थाहा नहुँदा गेटसम्म आउन नसकेको जवाफ दिंदा पनि सांसद पोखरेलले एकोहोरो गाली बर्साईरहेको संजालमा भाइरल भएको भिडिओमा देखिन्छ। रास्वपाका अन्य केहि सांसदको बोली र व्यवहार पनि यतिबेला सामाजिक संजालमा धेरैको आलोचनाको बिषय बनिरहेको देखिन्छ ।
प्रतिनिधिसभाका निर्बाचित सांसद महाबिर पुनले पोखरेलको कार्यशैलीले सबै सांसदको बेइज्जत भएको भन्दै निजलाई बर्खास्त गर्न उनि संलग्न पार्टीको नेतासंग माग गरेका छन पोखरेलले गरेको व्यवहारप्रति रास्वपाका नेता कार्यकर्ताले आपत्ति जनाएका छन् ।
रास्वपाका केन्द्रीय सदस्य एवं मोरङ-३ बाट निर्वाचित सांसद गणेश कार्कीले सांसद पोखरेललाई ‘भुई नछोड्न’ सुझाव दिंदै आँफैले आँफुलाई ‘माननीय’ भनिएको राम्रो नसुनिने टिप्पणी गरेका छन । पोखरेललाई लक्षित गर्दैै सांसद कार्कीले सामाजिक सञ्जालमा लेख्छन्, ‘यही सांसद पद पनि बढीमा ५ वर्ष हो । के बानी पार्नु ? अनि ‘हजुर एक भोट दिनुस् न’ भन्दै हजारौं नमस्ते गरेको २ महिना नि भा छैन, के बिर्सिनु ! भुईं नछोडौँ न है ।’
बरिष्ठ पत्रकार राजेन्द्र दाहालले रास्वपाका सांसद पोखरेलले प्रधानाध्याकलाई गरेको अपमानप्रति आपत्ति जनाएका छन् । पत्रकार दाहाल सामाजिक सञ्जालमा लेख्छन्, ‘आफू आउँदा स्वागतार्थ स्कुल गेटमा लामबद्ध नभएकोमा प्रधानाध्यापक पद र व्यक्तिको सार्वजनिक अपमान गर्नेलाई ’माननीय’ मान्नु कि धिक्कार्नु ?’
नेपाली काँग्रेसका उमेदवार कुमार लुइंटेलसंग ५ मतको झिनो अन्तरले बिजयी बनेका पोखरेललाई मत दिने मतदाताको समेत कतिपयले सामाजिक संजालमा आलोचना गरेका छन। कतिपयले त प्रहरी लगाएर केहि मत लुकाएको कारण मात्र उनि सांसद बिजयी बन्न सकेको भन्दै टिप्पणी गरेका छन।
पोखराको सिद्ध बराह माविका शिक्षक प्रेम पराजुलीले रास्वपा सांसद पोखरेलले ‘२ मिनेटमा सांसदले देखाएका १५ घमण्ड’ भन्दै बुँदागत रुपमा लेखेका छन। जुन यसप्रकार छन।
२ मिनेट भित्र माननीय सांसदले देखाएका १५ घमन्ड =
१. तपाईं प्रधानाध्यापक म आउँदा तपाईं निस्कनुपर्छ।
२. तपाईं कार्मचारी हो।
३. म रिटायर्ड विशिष्ट श्रेणीको कर्मचारी हुँ।
४. जिल्लाको एउटा माननीय आउँदा हेड्मास्टर भित्र चुप लागेर बस्ने ?
५. मसँग काम गर्नेहरू भर्खर सचिव हुँदैछन्।
६. म पुलिस फोर्सको विशिष्ट श्रेणीको मान्छे हुँ।
७. आईजी भएर झण्डै झण्डै चलाएको मान्छे हुँ, अन्याय भएर राजनीतिमा आएको हुँ।
८. माननीय बाहिर बसिराछ, तपाईं ननिस्कने?
९. तपाईंहरू माननीय आएपछि रिसिभ गर्न आउनुपर्छ।
१०. यो जिल्लाको अहिलेको एक नम्बरको माननीय हुँ।
११. सिकाउन खोज्ने ? माननीयलाई अपमान गर्ने ?
१२. म जनताको मत बाट जितेको मान्छे हुँ।
१३. तपाईं जस्तो हेडमास्टर त मैले देश भर चलाएको हुँ।
१४. माननीय आउँदा ध्यान पुगेन भनेर खेद प्रस्ताव पास गर्नुहोस्।
१५. अहिले पनि विशिष्ट श्रेणीको कर्मचारीको रूपमा ५० हजार पेन्सन खान्छु।
रास्वपाका सांसद पोखरेलको अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भैरहंदा म्याग्दीबाट स्वतन्त्र रुपमा निर्बाचित सांसद महाबिर पुनले समेत पोखरेलको कार्यशैलीप्रति कटाक्ष गर्दै सामाजिक संजालमा लेखेका छन सांसद महाबिर पुनले त्यस्तो अभिव्यक्ति दिने सांसदको पार्टीको नेता आँफु भएको भए त ठाउँको ठाउ बर्खास्त गरेर घर जाने टिकट काटेर पठाउने थिएँ भन्दै रास्वपाका सभापति रबि लामिछाने प्रति समेत ब्यङ्ग गरेका छन।

उनले कि त पोखरेलले माफि माग्नुपर्ने, कि त कि त फिर्ता बोलाउनुपर्ने भन्दै पोखरेलले सम्पूर्ण सांसदको बेइज्जत गरेको बताएका छन उनले सामाजिक संजालमा लेखेका पोखरेलले बोलेको भिडिओमा कमेन्ट गर्दै लेखेको कुरा यस्तो छ।
‘यिनी कुन पार्टीका हुन् कुन्नि ? म यिनको नेता भएको भए ठाउँको ठाउँ ठहरै बर्खास्त गरेर घर जाने टिकट काटेर पठाउने थिएँ । सांसद भनेको जनताको नोकर हो । एउटा सांसदले आफ्नो क्षेत्रको जनताले अह्राएको काम गर्नु पर्छ । ५ वर्षसम्म आफ्नो समय र बलबुद्धि जनताको काममा लगाउनु पर्छ ।’
उनले भनेका छन्, ‘बाटोमा स्वागत गरेनन् भनेर उसले दुनियाँले देख्ने र सुन्ने गरेर यति धेरै धाक र रवाफ दिनु हुन्छ ? कि तुरुन्त माफी माग्नु पर्छ कि त सारा जनताले फिर्ता बोलाउनु पर्छ । सांसद पदको बेइज्जत नै गर्यो त ।’
नेपाल प्रहरीमा छँदा आँफु स्वच्छ छविको रहेको बताउने र अन्यायमा परेको कारण राजनीतिमा आएको बताउंदै आएका पुर्व प्रहरी एबम हालका रास्वपा सांसद पोखरेलले प्रहरी सेवामा रहंदा बढुवा हुन नपाएको भन्दै अदालतमा मुद्दा दिएको तर अदालतले हाराएपछि लाजले राजीनामा बुझाएको सुरक्षासंग सम्बन्धित बिषयमा बढी कलम चलाउने पत्रकार मदनबाबु भण्डारीले आंफ्नो सामाजिक संजालमा लेखेका छन पोखरेलको चरित्र र उनले नेपाल प्रहरीमा रहंदा बढुवा हुन् के के गरेका थिए भन्ने जानकारी गराउंदै पत्रकार भण्डारीले सामाजिक संजालमा लेखेको कुरा यस्तो छ।
स्मरण रहोस्, नेपाल प्रहरीमा हुँदा बिश्वराज पोखरेलले आईजीपी नियुक्तिमा असन्तुष्टि जनाउदै राजिनामा दिएका होइनन्। सर्बोच्च अदालतमा गएर मुद्दा हारेपछी लाजले राजिनामा बुझाएका हुन्। तरपनी तत्कालीन आईजीपी धिरजप्रताप सिंहले सदासयता देखाउदै जे भएपनी संगै जागीर खाएको साथी/ब्याचमेट हो, राजिनामा स्वीकृत गराउदा मासिक पेन्सन रकममा ४/५ हजार कम आउँछ भन्दै राजिनामा स्वीकृतिको प्रक्रिया रोकिदिएर उनको बिदा स्वीकृत गरिदिएका थिए।
बिदामै भएको बेला २०७९ असार महिनामा बिश्वराज पोखरेलले एआईजीको ५६ बर्षे उमेरहदको कारण अनिवार्य अवकाश पाएका हुन्। प्रहरी किताबखानाको रेकर्डमा उनले उमेरहदको कारण अनिवार्य अवकाश पाएको प्रष्ट देखिन्छ।
पछिल्लो समय उनै बिश्वराज पोखरेलले ईश्वर पोखरेल र चोलेन्द्र शमशेर राणाको बुइ चढेर आफू दुई पटक जम्पिङ जर्नेल भएको आफ्नै काण्ड बिर्सेर फलानोले आईजीपी बनाउन यति करोड मागे भन्दै अनाहकमा चरित्रहत्या गर्दै हिडेको पनि देखियो।
तपाईंले अर्बौ पैसा दिएको भएपनी तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले तपाईंलाई आईजीपी बनाउने थिएन। किनकि तपाईंको दोहोरो चरीत्र सबैले बुझिसकेका थिए। यदि केपी शर्मा ओली नेतृत्वको सरकार नै रहन्थ्यो भनेपनी तपाईंलाई आईजीपी बनाउने थिएन।
तपाइँलाई डिआईजी र एआईजी बढुवा गर्दा ईश्वर पोखरेल र चोलेन्द्र शमशेर राणाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका धम्कीबाट आजित भएर नै तपाईंको बिकल्पमा सरकारले विशेष दरबन्दी थपेर सहकुल थापालाई एआईजी बनाइसकेको थियो।
सरकार नढलेको भए उनै थापा आईजीपी हुन्थे। पुलिसमा हुँदा जस्तो फण्डा गरेर अबको राजनीति चल्दैन है माननीय ‘पोखरेल साप’। तपाईंको बिगत सबैलाई याद छ, कसैले बिर्सेका छैनन्
पोखरेल सम्बद्ध पार्टी रास्वपाका कार्यकर्ता पनि सांसद पोखरेलको व्यवहारप्रति रुष्ट बनेका छन् । सामाजिक सञ्जाल मार्फत पोखरेल लक्षित टिप्पणीहरु रास्वपा कार्यकर्ताले व्यक्त गरिरहेका छन् । रास्वपाको स्थापनकाल देखि पार्टी कार्यमा सक्रिय रास्वपा नेतृ स्वस्तिका लामिछानेले मतदातालाई थर्काएको भन्दै पोखरेलको व्यवहारको आपत्ति जनाएइकी छन् ।
‘माननीय ज्युले बोल्न सिक्नुपर्ने रहेछ । बरु, बोल्न सिक्ने कक्षा सुरु गर्नुस् । हामी सिकाइदिउँला जनतासँग कसरी बोल्ने भनेर । ४ वर्षको अनुभव छ हामीसँग,’ नेतृ लामिछाने लेख्छिन्,‘फौजीमा आफूभन्दा सानालाइ थर्काए जसरी आफ्ना मतदाता थर्काउन पाइँदैन हेक्का रहोस् । तपाईंलाई माननीय बनाउन हाम्रो मेहेनत कति छ भन्ने तपाईंलाई थाहा छैन होला । ४ वर्ष देखि गरेको हाम्रो दु: खको कदर गर्दिनुहोला । माननीय भएँ भन्दैमा मैमत्ता हुने काम बन्द गरियोस् । कस्ले बनायो माननीय यिनै जनताले होइन ? माथि उचाल्न सक्नेले भुईंमा पछार्न नि सक्छ्न हेक्का रहोस् ।’














