पोखरा, पोखराबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ शेराटारमा दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको छ भने बसमा सवार २७ जना घाइते भएका छन । पोखरादेखि भैरहवातर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो ।

बस दुर्घटनामा घाइते भएका सबैलाई तत्काल उद्धार गरी तनहुँ दुलेगौंडा नजिक जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचारको लागि लागिएको थियो । सोहि अस्पतालमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको तर मृतकहरूको पहिचान हुन् बाँकी रहेको बुझिएको छ ।
घाइते मध्ये ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको र १ जना सामान्य रहेकाले घर पठाइएको छ । अन्य घाइतेमध्ये ९ जना गम्भीर, १४ जना मध्यम र ५ जना सामान्य रहेका छन् ।

जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा प्रारम्भिक उपचारपछि २७ जना घाइतेलाई थप उपचारका लागि पोखराको मणिपाल अस्पतालमा रिफर गरिएकोले पोखरा ल्याउने क्रम शुरु भएको छ । घाइतेहरूको अवस्थाका बारेमा बिस्तृत पछि अपडेट गर्नेछौं ।














