Play

नक्कली पेस्तोल सहित सिमलचौरबाट दुईजना, लागुऔषध र नौ लाख रुपैयासहित फुलबारीबाट एकजना पक्राउ

गुरुकुल खबर


पोखरा, पोखराको सिमलचौर क्षेत्र आसपासका बिभिन्न स्थानमा हतियार देखाएर अरुलाई डरत्रास देखाएको भन्दै कास्की प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ जिल्लाको व्यस नगरपालिका घर भई पोखरा -८ सिमलचौर बस्ने ३२ बर्षीय सुभाष कायस्थ र सोहि ठाउँ बस्ने ३१ बर्षीय सुरज कायस्थ रहेको प्रहरीले जानकारी दिएको छ।

उनीहरुको सिमलचौरस्थित कोठा खानतलासी गर्दा फलामको रडको स्लाईड स्टिक १ थान, नक्कली पेस्तोल १ थान, पेस्तोल कभर १ थान र नोक २ थान रहेको पनि प्रहरीले जानकारी दिएको छ उनीहरु दुबैजनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको थियो।

यसैगरी पोखरा महानगरपालिका -११ फुलवारीमा खैरो हेरोईन (ब्राउन सुगर) जस्तो देखिने पदार्थ १०२.३७ ग्रामका साथै डिजिटल तराजु १ थान, मोबाइल १ थान र नगद ९ लाख रुपैया सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा -११ भानुमार्गमा डेरा गरि बस्ने २७ बर्षीय मन्दिरा मगर रहेको प्रहरीले जनाएको छ ।

उक्त क्षेत्रमा लागु औषधको बिक्री बितरण भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको कास्की प्रहरीका सुचना अधिकारी प्रहरी निरिक्षक गणेश पाण्डेले गुरुकुल खबरलाई जानकारी दिएका छन।

११ बैशाख २०८३, शुक्रबार १७:०३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा