Play

कार्यालय प्रमुखलाई सांसद पौडेलको चेतावनी- जनताको काम बिना झन्झट गर्नुस, अन्यथा जिम्मेवारी लिनुहोस

गुरुकुल खबर


पोखरा, कास्की जिल्लाका निर्बाचन क्षेत्र न.२ बाट निर्बाचित सांसद उत्तम प्रसाद पौडेलले आंफ्नो कार्यशैलीमा आमुल परिवर्तन गर्न कास्की जिल्लाका सरकारी कार्यालय तथा सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन। सोमबार कास्की जिल्लास्थित सुरक्षा एबम प्रशासनिक निकायको साथै सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिंदै सांसद पौडेलले जनताले खोजेको सुशासन अब नारामा नभएर कार्यालयको कोठामा हुनुपर्नेमा जोड दिए।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्मा सहित अधिकांश कार्यालय प्रमुखको सहभागिता रहेको उक्त कार्यक्रममा पौडेलले भने ‘हिजोका दिनमा कुनै नेताको पहुँच वा भनसुनका आधारमा काम हुने संस्कृतिलाई अब पूर्णविराम लगाउनुपर्छ। जनताले खोजेको ‘सुशासन’ नारामा होइन, कार्यालयको हरेक कोठामा महसुस हुनुपर्छ। कार्यालयका कोठा-कोठामा विचौलियाहरूको चलखेल र दादागिरी अब मलाई मान्य छैन।’

आंफ्नो सामाजिक संजाल फेसबुकमा कार्यालय प्रमुखसंगको बैठकको बारेमा जानकारी दिंदै पौडेलले लेखेका छन, ‘मैले बैठकमा भनेको छु कि जनताको गुनासो सुन्ने पहिलो जिम्मेवारी तपाईंहरूको हो। जनताले म समक्ष गुनासो लिएर आउनु नपरोस्, तपाईंहरूकै टेबलबाट जनताको काम सहज ढङ्गले प्रवाह होस्। हिजोका गलत अभ्यासहरूलाई पखालेर नयाँ र पारदर्शी सेवा प्रवाहमा जुट्नुहोस्।’

‘कास्की २ को सांसदको हैसियतले मेरो प्रतिबद्धता छ ‘सुशासन र विधिको शासनका लागि म निरन्तर खटिरहने छु। जनताको काम समयमै र बिना झन्झट हुनुपर्छ, अन्यथा जिम्मेवारी लिन तयार रहनुहोला ।’ सांसद पौडेलले चेतावनीयुक्त शैलीमा कार्यालय प्रमुखलाई भनेका छन ।

सांसद पौडेलले लेखेको कुरा यस्तो छ ..

आज कास्की जिल्लाका प्रशासनिक सबै कार्यालय प्रमुख र सुरक्षा निकायका प्रमुखहरूसँगको बैठकमा मैले स्पष्ट निर्देशन दिएको छु— अब कार्यशैलीमा आमूल परिवर्तन आवश्यक छ।हिजोका दिनमा कुनै नेताको पहुँच वा भनसुनका आधारमा हुने कामको संस्कृतिलाई अब पूर्णविराम लगाउनुपर्छ।

जनताले खोजेको ‘सुशासन’ नारामा होइन, कार्यालयको हरेक कोठामा महसुस हुनुपर्छ। कार्यालयका कोठा-कोठामा विचौलियाहरूको चलखेल र दादागिरी अब मलाई मान्य छैन।

मैले बैठकमा भनेको छु: “जनताको गुनासो सुन्ने पहिलो जिम्मेवारी तपाईंहरूको हो। जनताले म सम्म गुनासो लिएर आउनु नपरोस्, तपाईंहरूकै टेबलबाट सेवा सहज ढङ्गले प्रवाह होस्। हिजोका गलत अभ्यासहरूलाई पखालेर नयाँ र पारदर्शी सेवा प्रवाहमा जुट्नुहोस्।”

कास्की २ को सांसदको हैसियतले मेरो प्रतिबद्धता छ— सुशासन र विधिको शासनका लागि म निरन्तर खटिनेछु। जनताको काम समयमै र बिना झन्झट हुनुपर्छ, अन्यथा जिम्मेवारी लिन तयार रहनुहोला ।

७ बैशाख २०८३, सोमबार २२:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा