Play

गण्डकी अटोमेकानिकल वर्क्स एसोसिएसनको भित्तेपात्रो सार्बजनिक

गुरुकुल खबर


पोखरा, गण्डकी अटोमेकानिकल वर्क्स एसोसिएसनले नयाँ बर्ष- २०८३ सालको भित्तेपात्रो विमोचन गरेको छ ।शनिवार एशोसिएसनले एक कार्यक्रमको आयोजना गरि भित्तेपात्रो विमोचन र सीप परिक्षण गरेकाहरुलाई प्रमाणपत्र बितरण गरेको संयोजक अमृत तिमिल्सिनाले बताए । कार्यक्रममा लाईट इन्जिन मेकानिक्सको लेभल २ को सिटिइभिटीबाट तालिम पुरा गरेका १० जनालाई प्रमाणपत्र बितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै सिटिइभिटी गण्डकी प्रदेश सह–प्रबन्धक जिवन भण्डारीले सीप परिक्षण पश्चात दक्ष भएकाहरुलाई बधाई दिए । उनले सीप परिक्षणको इतिहास र महत्व माथि प्रकास पारेका थिए ।

एशोसिएसनका अध्यक्ष विष्णुप्रसाद अधिकारीले सीपमूलक जनशक्ति उत्पादन र व्यवसायिक मर्यादा कायम राख्न संस्था निरन्तर सक्रिय रहेको बताए। अधिकारीले सिटिइभिटी सँगको सहकार्य फलदायी भएको बताए ।

संस्थाका प्रेस सल्लाहाकार कृष्ण थापाले श्रमजिविहरुको संस्था गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसन भएको बताए । संस्थाका कानुनी सल्लाहकार माधव प्रसाद वास्तोलाले संस्थाले गरेका कामको प्रशंसा गरे । सीप विकास प्रशिक्षक कुन्दन शर्माले तालिमको महत्व बुझेर काम गर्न आग्रह गरे ।

कार्यक्रममा स्वास्थ्य सल्लाहकार रविन्द्र श्रेष्ठ, सीप विकास प्रशिक्षक कुन्दन केसी, निर्वतमान अध्क्षय सन्तोष कुमार मिश्र, पूर्व अध्क्षयहरु कुल बहादुर नेपाली, सानुमान जलारी लगाएतले आआफ्नो भनाई राखेका थिए ।

  • तिर्थ केसी / गुरुकुल खबर

१५ चैत्र २०८२, आईतवार ०९:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा