Play

बीमा प्राधिकरणद्वारा आठवटा बीमा कम्पनीलाई कारबाही, दुईलाखको दरले जरिवाना

गुरुकुल खबर


पोखरा, नेपाल बीमा प्राधिकरणले मुलुकमा संचालनमा रहेका आठवटा बीमा कम्पनीलाई कारवाही गरेको छ। बीमा ऐन २०७९ का प्रावधानहरुको पालना नगरेर ऐन नियम उल्लङ्घन गरेको भन्दै नेपाल बीमा प्राधिकरणले बिभिन्न आठवटा बीमा कम्पनीलाई कारवाही गर्ने निर्णय गरेको हो ।

कारबाहीमा पर्ने बीमा कम्पनीहरूमा नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स, नेको इन्स्योरेन्स, हिमालयन लाइफ, ओरियन्टल इन्स्योरेन्स र एलियन्ट इन्स्योरेन्स ब्रोकर कम्पनी रहेको बताइएको छ ।

यसैगरी नेपाल पुनर्बीमा कम्पनीका सीईओ सुरेन्द्र थापालाई संस्थागत सुधारका लागि सचेत गराउने वा निर्देशन दिने प्रकृतिको कारबाही गरिएको छ भने एलियन्ट इन्स्योरेन्स ब्रोकरलाई तीन महिनाका लागि निलम्बन गरिएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, बाँकी बीमा कम्पनीहरूलाई भने प्रचलित बीमा ऐनको व्यवस्थाअनुसार प्रति कम्पनि दुई लाख रुपैयाँका दरले जरिवाना गरिएको प्राधिकरणले जनाएको छ ।

९ चैत्र २०८२, सोमबार २१:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा