Play

गरिमा सुवर्ण योजनाको शेयर बिक्रि चैत्र १२ गतेसम्म कायम रहने

गुरुकुल खबर


काठमाडौं, गरिमा क्यापिटल लिमिटेडले आफ्नो दोस्रो म्युचुअल फण्ड ‘गरिमा सुवर्ण योजना’ निष्काशन तथा बिक्री खुला गरेको छ । फागुन २८गतेबाट बिक्रि खुल्ला गरिएको उक्त योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ ।

क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई मात्र बिक्रीमा ल्याउने जनाएको छ । निष्काशन गरिने कुल इकाईमध्ये ९० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंकलाई र ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ३ करोड ५० लाख इकाई (३५ करोड रुपैयाँ बराबर) प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि बिक्री गरिनेछ

यो खुलामुखी योजना भएकाले बाँकी इकाई सामूहिक लगानी कोष नियमावलीअनुसार योजना व्यवस्थापकले तोकेको वितरणमार्फत पछि पनि निरन्तर खरिद–बिक्रीका लागि खुला गरिने क्यापिटलले जनाएको छ । यस योजनामा न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ ।

गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजनाको लागि चैत १२ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्वा प्रणालीबाट आवेदन दिन सक्नेछन् । साथै सीडीएस एण्ड क्लियरिङद्वारा सञ्चालित ‘मेरो सेयर’ वेब तथा एपबाट पनि आवेदन दिन सकिनेछ । उक्त योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल लिमिटेड रहेको छ ।

७ चैत्र २०८२, शनिबार १५:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा