Play

पोखरा फाइनान्सको बार्षिकोत्सवमा मानव सेवा आश्रमलाई फ्रिज हस्तान्तरण

गुरुकुल खबर


पोखरा, पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको पुरानो वित्तीय संस्था पोखरा फाइनान्सले आंफ्नो २९ औं बार्षिकोत्सबको अबसरमा मानव सेवा आश्रममा फ्रिज हस्तान्तरण गरेको छ।

बार्षिकोत्सबको अबसरमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा महानगरपालिका -१७ स्थित मानव सेवा आश्रममा फ्रिज लगायतका सामग्री हस्तान्तरण गरेको जनाएको पोखरा फाइनान्समा कार्यरत समिन गुरुङले गुरुकुल खबरलाई जानकारी दिईन ।

त्यस अबसरमा पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले २९ वर्षको यात्रामा पोखरा फाइनान्सले ठुलो संख्यामा ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सेवा सहित बिभिन्न किसिमका सुबिधा प्रदान गर्दै आएको जानकारी दिए।

उनले फाइनान्सले स्थापनाको करिब ३ दशकको अबधिमा धेरै आरोह र अबरोह पार गर्दै अगाडी बढेको र अब केहि समयमा संस्थाको पुंजी र कार्यक्षेत्र समेत बढ्ने जानकारी गराए ।

पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीचको मर्जर प्रक्रियाले करिब पूर्णता पाइसकेको र मर्जरपश्चात संस्थाको पूँजी र कार्यक्षेत्रको साथै प्रतिस्पर्धात्मक क्षमता समेत बढ्ने बिश्वास गरिएको छ।

बार्षिकोत्सबकै अबसरमा पोखरा फाइनान्सले तीनवटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सहयोग सामग्री वितरण गर्ने  जनाएको छ।

४ चैत्र २०८२, बुधबार ००:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा