पोखरा, सुशिला कार्की नेतृत्वको बर्तमान सरकारले हालका गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य पदमा नियुक्त गर्न सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्य पदमा मनोनयनका लागि सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले उनको नाम नियुक्तिको लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाएको छ ।
सरकारले सिफारिस गरेपछि अब राष्ट्रपतिले उनलाई नियुक्त गर्ने छन् । अर्याल हाल गृहमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् । मन्त्रिपरिषद्ले रिक्त रहेको ठाउँमा उनलाई पठाउने निर्णय लिएको हो । यसअघि राष्ट्रिय सभामा एक सदस्यको पद खाली थियो । सोही पदमा अर्याललाई लैजान लागिएको हो । मन्त्रिपरिषद्ले उनलाई नियुक्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउन राष्ट्रपति कार्यालयमा पत्र पठाउने निर्णय गरेको हो ।
राष्ट्रिय सभामा नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबाट मात्र प्रतिनिधित्व रहेकोमा अब राष्ट्रपति पौडेलबाट अर्याललाई नियुक्त गरिएमा पुराना प्रमुख दलहरु भन्दा बाहिरबाट प्रतिनिधित्व गर्ने अर्याल एक मात्र बन्ने छन । उनि राष्ट्रिय स्वतन्त्र पार्टीको बरिष्ठ नेताको निकट रहेको बताइन्छ।















