Play

समानुपातिक तर्फ कांग्रेसले टुंगो लगायो २० जनाको नाम (नामावली सहित)

गुरुकुल खबर


काठमाडौँ, नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकामध्येबाट निर्बाचन आयोगमा बुझाउनको लागि २० जनाको नाम टुंगो लगाएको छ ।  आइतबार दिउँसो बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सिफारिस गरेका २० जनाको नामआइतबार नै आयोगमा बुझाउने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

आदिवासी जनजातीबाट ६, खसआर्यबाट ६, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक एक गरी ५ जनाको नाम आयोगमा पठाउने निर्णय गरे अनुसार क्लष्टर मिलाएर नामावली तयार गरिएको प्रवक्ता चालिसेले बताए ।

नेपाली कांग्रेसबाट समानुपातिक सांसदमा सिफारिस भएका २० जनाको नाममध्ये खसआर्य कोटाबाट सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलिया, गंगा शाही र अर्जुन नरसिंह केसी, आदिवासी जनजाति कोटाबाट गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ,  रेनुका काउचा, सुनिताकुमारी सुवेदी र भीष्मराज आङ्दम्बे रहेका छन ।

मधेशी कोटाबाट निनुकुमारी कर्ण, रेखाकुमारी यादव, चन्द्रमोहन यादव तथा दलित कोटाबाट हरिनादेवी कामी, पवित्रा विक र मानबहादुर नेपालीको साथै थारू कोटाबाट प्रमिलाकुमारी गच्छदार छन भने मुस्लिम कोटाबाट शाहजान खातुनको नाम सिफारिस गरिएको छ उल्लिखित २० जना मध्ये १५ जना महिला र ५ जना पुरुष रहेको छन ।

निर्वाचन आयोगले समानुपातिकमा पाएको मतका आधारमा सांसद सङ्ख्याको कोटा तोकेर नाम बुझाउन भनेको थियो । कांग्रेसले आफूले बुझाएका नामहरू आयोगले नै सार्वजनिक गर्ने समेत बताए । प्रवक्ता चालिसेले अब बस्ने केन्द्रीय कमिटी बैठकले निर्वाचनको पूर्ण समीक्षा गरेर पार्टीको धारणा सार्वजनिक गरिने बताए।

१ चैत्र २०८२, आईतवार १७:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा