Play

‘नेशनल सोसल वेलफेयर अवार्ड २०२५’ को छैटौँ संस्करण आगामी बैशाखमा काठमाडौंमा हुने

गुरुकुल खबर


काठमाडौं, सांस्कृतिक, सामाजिक तथा मनोरञ्जनात्मक क्षेत्रमा लामो समयदेखि अग्रणी संस्थाका रूपमा क्रियाशील सिजन मिडियाले यस वर्ष पनि ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२५’ आयोजना गर्ने भएको छ । अवार्डको छैटौँ संस्करण आगामी बैशाख ११ गते काठमाडौंमा हुने भएकोछ ।

विगतका वर्षहरूझैँ यस वर्ष पनि समाजका विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्व तथा संस्थाहरूको योगदानको मूल्याङ्कन गर्दै उनीहरूको कार्यलाई प्रोत्साहन र हौसला प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको सिजन मिडियाले जनाएको छ । उक्त अवसरमा नेपाल तथा विदेशमा रहेर सामाजिक सेवा, मानवीय सहायता, आपतकालीन उद्धार, शिक्षा, स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई अवार्ड प्रदान गरिनेछ ।

महामारी, बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक प्रकोपका बेला अग्रपंक्तिमा रहेर दिनरात नभनी सेवामा खटिने व्यक्तित्व तथा संस्थासँगै निरन्तर सामाजिक सेवाभावका साथ समाजमा योगदान दिँदै आएका अभियन्ताहरूलाई यस वर्ष पनि विशेष सम्मान तथा अवार्ड प्रदान गरिनेछ ।

समाजमा सानो सहयोगले पनि ठूलो प्रभाव पार्ने र समुदायको जीवनरक्षामा महत्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ सामाजिक सेवामा समर्पित व्यक्तिहरूको योगदान शब्दमा व्यक्त गर्न कठिन हुने आयोजकको भनाइ छ । यिनै विशिष्ट व्यक्तित्वहरूको सामाजिक दायित्व र सेवाभावलाई कदर गर्दै अवार्डमार्फत उनीहरूलाई थप प्रेरित गर्ने उद्देश्य लिइएको छ ।

सिजन मिडियाकी कार्यक्रम व्यवस्थापक रेजिना तुलाधरले सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई प्रोत्साहन गर्ने उद्देश्यले विगत ६ वर्षदेखि निरन्तर अवार्ड कार्यक्रम आयोजना गर्दै आएको बताइन् । “सबै नागरिकमा सामाजिक भावना विकास गराउने र नयाँ पुस्तालाई समाजसेवातर्फ प्रेरित गर्ने हाम्रो लक्ष्य हो,” उनले भनिन्।

उनका अनुसार सामाजिक सेवाको क्षेत्रमा १० वर्षभन्दा बढी समयदेखि निरन्तर कार्यरत रहेका आधारमा छनोट भएका व्यक्ति तथा संस्थालाई विशेष अवार्ड समारोहबीच सम्मानित गरिनेछ । सिजन मिडियाले विगतदेखि नै साथ र सहयोग गर्दै आएका सामाजिक अभियन्ता तथा मार्गदर्शकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरेको छ ।

२८ फाल्गुन २०८२, बिहीबार २१:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा