पोखरा, प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापाको क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित भएका छन् । मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपाका बरिष्ठ नेता बालेन्द्रले नेकपा (एमाले)का अध्यक्ष एबम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई करिब ५० हजारको फराकिलो मतान्तरले पराजित गरेका हुन । त्यस क्षेत्रमा कुल १ लाख ६३ हजार ३७९ मतदाता रहेकामा १ लाख ६ हजार ५६८ मत खसेको थियो ।
प्रतिनिधिसभा सदस्यमा निर्बाचित रास्वपाका उमेदवार बालेन्द्रले ६८ हजार ३४८ मत प्राप्त गर्दा नेकपा एमालेका उमेदवार ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन । उनीहरु दुईजना बिचको मतान्तर ४९ हजार ६१४ रहेको छ । तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समिर तामाङले नौ हजार २३३ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसकी मन्दरा चिमरियाले १ हजार ८२१ र राप्रपाका लक्ष्मीप्रसाद संग्रौलाले १ हजार ५ सय ३६ र नेपाली कम्युनिस्ट पार्टीका रन्जित तमाङले १ हजार ४६१ मत प्राप्त गरेका छन ।

अन्तिम मत परिणाम घोषणा हुनुअघि मतगणनास्थल र वरिपरि कडा सुरक्षा व्यवस्था गरिएको थियो । विजयी प्रमाणपत्र लिन र विजय घोषणा कार्यक्रममा सहभागी हुन बालेन्द्र शाह मतगणनास्थल जाँदा सुरक्षा ब्यबस्था कडा पारिएको थियो । उनि मतपरिणाम घोषणा स्थलमा पुग्दा ठुलो संख्यामा नेपाली सेनासहितको सुरक्षाकर्मी परिचालन भएका थिए ।
प्रतिनिधि सभाको निर्बाचन हुनुपुर्व राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई चुनाब पछिको प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेको थियो। यसैगरी नेकपा एमालेले केपी ओलीलाई प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेको थियो। यसैगरी नेपाली काँग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेको थियो । हाल गगन थापाको क्षेत्रको मतगणनाको अन्तिम परिणाम आउन बाँकी रहेको र एमालेका ओली पराजित भैसकेको कारण प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरिएका बालेन्द्र मात्र बिजयी भएका छन ।
यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्। ओलीले बालेनको एउटा पुरानो तस्बिर सार्वजनिक गर्दै सफल कार्यकालको कामना गरेका हुन । आँफुलाई झन्डै ५० हजारको मतान्तरले पराजित गरेका बालेनलाई ओलीले ५ वर्षका लागि शुभकामना दिएका हुन्। ओलीले लेखेका छन्, ‘बालेन बाबु, तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्- हार्दिक शुभकामना।’















