Play

कांग्रेसका दुवै महामन्त्री भारी मतान्तरमा पराजित: घिमिरे २८ हजार मतले र पौडेल २१ हजार बढी मतले पछाडी

रास्वपाका सस्मित पोखरेल ३० हजार ७३७ मतका साथ् बिजयी


गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसको बिशेष महाधिबेशनबाट पार्टीको महामन्त्री बनेका प्रदिप पौडेल र गुरुराज घिमिरे दुबै जनाले यस पटकको प्रतिनिधि सभाको निर्बाचनमा पराजय भोग्नुपरेको छ। पौडेलले २०७४ को निर्बाचनमा तनहुँ जिल्लाको क्षेत्र न.२ को एक प्रदेशबाट झिनो मतले पराजित भएको भएपनि २०७९ को चुनाबमा भने काठमाडौँ -५ बाट नेकपा एमालेका नेता इश्वर पोखरेललाई ५ हजार २५० मतले पराजित गरेर संसद्को यात्रा तय गरेका थिए ।

तर यसपटक पौडेल र घिमिरे दुवैजना रास्वपाका उमेदवारहरुसंग फराकिलो मतान्तरले पराजित भएका छन । काठमाडौं–५ मा रास्वपाका उम्मेदवार सस्मित पोखरेल ३० हजार ७३७ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेस महामन्त्री प्रदीप पौडेलले ९ हजार १५९ मत मात्र प्राप्त गरेका छन् । यससँगै कांग्रेस महामन्त्री पौडेल रास्वपाका उमेदवार पोखरेलसँग २१ हजार ५७८ मतको अन्तरले पराजित बनेका छन।

यसपटक त्यस क्षेत्रबाट उमेदवार बनेका नेकपा एमालेका इश्वर पोखरेलले ४ हजार ७०१, राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापाले १ हजार ७२९ मत र उज्यालो नेपाल पार्टीका श्रीराम गुरुंगले १ हजार १ सय मत पाएका छन भने अन्य उमेदवारको मत १ हजार भन्दा कम रहेको छ ।

यस अगाडिको निर्बाचनमा कांग्रेसको उमेदवार रहेका पौडेलले १५ हजार २६९ मत पाएर बिजयी बन्दा नेकपा एमालेका उमेदवार इश्वर पोखरेलले १० हजार १९० मत मात्र प्राप्त गरेका थिए। त्यस निर्बाचनमा रास्वपाको तर्फबाट उमेदवार बनेका डा. प्रणय शमशेर राणाले ५ हजार ४७७ मत पाएको थिए तर यसपटक उनि रास्वपा पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका थिए।

यसैगरी, मोरङ–४ मा पनि रास्वपाका उम्मेदवार सन्तोष राजवंशीले कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई फराकिलो मतान्तरले पराजित गरेका छन्। राजवंशीले ४० हजार ८३३ मत प्राप्त गर्दा घिमिरेले १२ हजार १४७ मत ल्याएका छन्। यस क्षेत्रमा घिमिरे २८ हजारभन्दा बढी मतान्तरले पराजित भएका हुन्। त्यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उमेदवार अमनलाल मोदीले १० हजार ७६२, नेकपा एमालेका जिबन घिमिरेले ६ हजार ९३३ र राप्रपाका माधव प्रसाद आचार्यले १ हजार ४७ मत पाएका छन।

यस निर्वाचन परिणामसँगै प्रमुख दलका प्रभावशाली नेताहरू समेत नयाँ शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारसंग पराजित बन्न पुगेका छन । विश्लेषकहरूका अनुसार मतदाताको बदलिँदो मनोविज्ञान र नयाँ राजनीतिक शक्तिप्रतिको आकर्षणका कारण यस्तो परिणाम आएको हो।

२३ फाल्गुन २०८२, शनिबार ०७:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा