भक्तपुर, भक्तपुरको नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनमा कारमा सवार ५ जना घाइते भएका थिए ।
सोमबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइतेमध्ये काठमाडौं महानगरपालिका–३२ जडीबुटीका ५५ वर्षीय योगेन्द्र प्रधान, ४८ वर्षीय सुरेन्द्र प्रधान र ५५ वर्षीया कृष्णमाया प्रधानको उपचारको क्रममा मंगलवार मृत्यु भएको भक्तपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।
घाइते योगेन्द्र र सुरेन्द्रको मध्यपुर अस्पतालमा र कृष्णमायाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए। कार दुर्घटनामा घाइते दुई जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।















