Play

‘रोजगारीको लागि व्यवसायिक शिक्षा र उद्यमशीलताका लागि स्टार्टअप सहुलियत’ एमाले उमेदवार आचार्यको जोड

गुरुकुल खबर


पोखरा,  प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कास्की क्षेत्र नं. २ मा नेकपा एमालेबाट उमेदवार बनेका रश्मि आचार्यले व्यवसायिक शिक्षालाई आफ्नो मुख्य प्राथमिकतामा राखेका छन् । उनले युवालाई देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न वर्तमान शिक्षा संरचनामा परिवर्तन आवश्यक रहेको बताए ।

उनले हाल सैद्धान्तिक शिक्षा बढी र प्राविधिक शिक्षा कम रहेको अवस्थालाई सुधार गर्दै प्राविधिक धारको शिक्षालाई विस्तार गर्नुपर्नेमा उनको जोड दिए । शुक्रबार पोखरा महानगरपालिका वडा नं. ४ मा आयोजित मतदाता भेटघाट अन्तरक्रियामा उम्मेदवार आचार्यले सो कुरा बताएका हुन् ।

प्राविधिक शिक्षा हासिल गरेपछि युवा स्वतः व्यवसाय गर्न सक्षम हुने, उद्यमशीलतामा जोडिन सक्ने र आत्मनिर्भर बन्न सक्ने वातावरण तयार हुने आचार्यको तर्क छ । त्यसका लागि “स्टार्टअप बिजनेस” र वाणिज्य क्षेत्रलाई एकीकृत गर्दै सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्ने उनले बताए ।

उनले रोजगार प्रवद्र्धनका लागि स्पष्ट नीति निर्माण, साना तथा मझौला उद्यमलाई प्रोत्साहन र नयाँ व्यवसाय सुरु गर्न सहज वातावरण बनाइने प्रतिबद्धता व्यक्त गरे । आचार्यले प्रत्येक परिवार, हरेक समुदाय र संघ–संस्थाले देशको समृद्धिमा योगदान गर्नुपर्ने उल्लेख गर्दै सन्तुलित विकास र सर्वाङ्गीण विकासमार्फत समृद्ध समाज निर्माण गर्न सकिने धारणा राखे ।

१६ फाल्गुन २०८२, शनिबार ०९:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा