Play

सराङकोट धामको विकासमा कास्की ३ का एमाले उम्मेदवार दामोदर वैरागीको जोड

गुरुकुल खबर


पोखरा, यहि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नं. ३ का एमाले उम्मेदवार दामोदर पौडेल ‘वैरागी’ ले सराङकोटलाई विश्वसामु चिनाउने लक्ष्यसहित ‘सराङकोट धाम’को समग्र विकासमा विशेष जोड दिएका छन् ।

वैरागीले शुक्रबार पोखरा–१८ का तोरीपानी, पदेली, ग्यारजाती पार्किङ, लामागाउँ लगायतका बस्तीहरूमा घरदैलो गर्दै स्थानीयसँगको प्रत्यक्ष भेटघाटमा सो कुरा बताएका हुन् । उनले पर्यटनको अत्यधिक सम्भावना बोकेको यस क्षेत्रमा बाह्य लगानीकर्तालाई आकर्षित गर्न सहजीकरण हुने नीतिगत व्यवस्था आवश्यक रहेको औँल्याए ।

‘सराङकोट केवल सूर्योदय र प्याराग्लाइडिङको गन्तव्य मात्र होइन, यसलाई धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा पनि विकास गर्न सकिन्छ,’वैरागीले भने, ‘पर्यटकीय पूर्वाधार विस्तार, सडक स्तरोन्नति, पार्किङ व्यवस्थापन र स्वच्छ बाताबरण कायम राख्दै सराङकोटलाई अन्तर्राष्ट्रिय स्तरको गन्तव्य बनाउनुपर्छ ।’

मतदाताहरूले विकासप्रेमी नेतृत्वको रूपमा वैरागीप्रति विश्वास व्यक्त गर्दै समर्थन र मत दिने प्रतिबद्धता जनाएका थिए । वैरागीले कास्की क्षेत्र नं. ३ लाई पर्यटकीय ‘हब’ का रूपमा विकास गर्न दीर्घकालीन योजना आवश्यक रहेको बताउँदै सराङकोटमा थप पर्यटकीय भौतिक संरचना निर्माण, निजी–सार्वजनिक साझेदारी मोडेलमा लगानी विस्तार र रोजगारी सिर्जनामा प्राथमिकता दिने प्रतिबद्धता दोहो¥याए ।

१६ फाल्गुन २०८२, शनिबार ०९:४० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा