Play

सहकारी प्रकरणमा जोडिएका उमेदवारलाई भोट माग्न नजाने मुडमा बालेन, पोखरामा आयोजित सभा पनि स्थगित

बालेन बिरामी भएकोले पोखराको कार्यक्रम स्थगित गरिएको रास्वपा उमेदवार पौडेलको भनाई


गुरुकुल खबर


दाङ, रास्वपाले दाङमा राखेको चुनावी सभामा वरिष्ठ नेता बालेन शाह बिहानको अन्तिम फ्लाइट बाट भएपनि दाङ आइपुग्ने भनेर आयोजकले समर्थकलाई बताएपनि अन्तिममा बालेन उक्त चुनाबी सभामा आएनन । आँफु बिरामी भएका कारण दाङ आउन नसकेको भनेर जानकारी गराइएपनि बालेन दाङ नआउनुको कारण भने अरु नै रहेको रास्वपाका केहि नेताले बताएका छन । यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरामा आइतबार गर्ने चुनावी सभा स्थगित गरेको छ ।

यसैबीच, रास्वपाका केन्द्रिय सदस्य एवम् कास्की क्षेत्र नम्बर १ का उम्मेदवार गणेश पौडेलले पार्टीका वरिष्ठ नेता बालेश शाह विरामी भएको कारण पोखरामा आयोजना गरिएको चुनाबी सभा समेत स्थगित भएको जानकारी दिएका छन ।‘आइतबार पोखराको अमरसिंह चौरमा चुनावी सभा गर्ने तयारीमा थियौं, सभाको तयारी चलिसकेको थियो’, उम्मेदवार पौडेलले भने, ‘पार्टीका वरिष्ठ नेता बालेन शाह बिरामी भएपछि सभा स्थगित भएको हो ।’ रास्वपाले शनिबार रुपदेन्हीमा आयोजना गरेको चुनावी सभा पनि स्थगित भएको जनााएको छ ।

तर दाङका रास्वपा एक नेताका अनुसार सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका उमेदवारका लागि भोट माग्न अन्य जिल्लामा हुने चुनावी सभामा पनि नजाने अघोषित नीति अमुसार बालेन दाङ नआएको बताइएको छ । दाङ- २ का रास्वपाका उमेदवार बिपिन कुमार आचार्य रबि लामिछानेका कोर टिम भित्रका र सहकारी ठगी प्रकरणमा मुछिएका उमेदवार भएकोले बालेन त्यहाको चुनाबी सभामा सहभागी नभएको रास्वपा श्रोतले जनाएको छ ।

उक्त क्षेत्रमा रास्वपाका आचार्य सङ्गै नेपाली काङ्ग्रेसका किरण किशोर घिमिरे, नेकपा एमालेका शंकर पोख्रेल र नेकपाका निर्मल आचार्य लगायतका उमेदवार चुनावी प्रतिस्पर्धामा छन । सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा उमेदवारको चुनावी क्षेत्रमा सहभागी नहुने अघोषित नीति बालेनले बनाएपछी चितवन- २  अर्थात रबि लामिछानेको क्षेत्रमा हुने चुनावी सभामा बालेनको उपस्थिति होला वा नहोला भन्दै जिज्ञासा राख्ने क्रम शुरु भएको छ ।

८ फाल्गुन २०८२, शुक्रबार २३:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा