Play

अधुरा विकासका काम पूरा गर्ने एमाले उमेदवार दामोदर बैरागीको प्रतिबद्धता

गुरुकुल खबर


पोखरा, नेकपा (एमाले) कास्की क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दामोदर पौडेल वैरागीले मतदाता भेटघाटलाई तिव्र बनाएका छन् । उनले शुक्रबार पोखरा महानगरपालिकाका वडा नं.२ र ५ का विभिन्न टोलटोलमा पुगेर मतदातासँग भेटघाट गरेका छन । घरदैलो कार्यक्रमका क्रममा उनले आफू सधैं जनतासँगै रहेको र आगामी दिनमा पनि जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै आएका छन ।

मतदातासँगको भेटमा वैरागीले विगतमा सुरु भएका अधुरा विकास आयोजनाहरूलाई पूर्णता दिने र नयाँ विकास योजना अघि बढाउने वाचा गरेका छन् । ‘म हिजो पनि तपाईँहरूसँगै थिएँ, आज पनि तपाईँहरूसँगै छु र भोलि पनि तपाईँहरूसँगै रहनेछु,’ उनले मतदातामाझ विश्वास दिलाए ।

नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नम्बर ३ ले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा सुशासन प्रबर्द्दन, पूर्वाधार विकास, पर्यटन विस्तार र आर्थिक समृद्धिलाई मुख्य प्राथमिकताका रूपमा राखिएको छ । पार्टीले मुलुकको स्वाधीनता, सार्वभौमिकता र संविधानको संरक्षण गर्दै जनताको जीवनस्तर उकास्ने लक्ष्यसहित “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय संकल्पलाई कार्यान्वयन गर्ने जनाएको छ ।

एमालेले वैरागीलाई विजयी गराउन आह्वान गर्दै विगतमा सुरु भएका विकास आयोजनाहरूलाई पूर्णता दिने र नयाँ सम्भावना युक्त परियोजनाहरू अघि बढाउने प्रतिबद्धता दोहोर्याएको छ । घरदैलो कार्यक्रमका क्रममा स्थानीय मतदाताले विकास, रोजगारी, पूर्वाधार र पर्यटन विस्तारका विषयमा चासो राखेका थिए भने उम्मेदवार वैरागीले ती सबै विषयलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

८ फाल्गुन २०८२, शुक्रबार १९:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा