Play

सांसद निर्बाचित भएलगत्तै प्रतिबद्दता कार्यान्वयन शुरु गर्ने एमालेका उमेदवार आचार्यको उद्घोष

गुरुकुल खबर


पोखरा, आगामी फागुन २१ गते हुने निर्बाचनमा नेकपा (एमाले)बाट कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले निर्वाचित भएको पहिलो दिनबाट प्रतिबद्धता कार्यान्वयनको काम थाल्ने उद्घोष गरेका छन् । ‘निर्वाचित भएको पहिलो दिन सुनौलो इतिहास निर्माणको अध्याय त्यहीबाट प्रारम्भ हुनेछ ।

हामी योजना र प्रतिबद्धता मात्रै बनाउँदैनौ कार्यान्वयनको प्रष्ट मार्गचित्र सहित हजुरहरू समक्ष आएका छौं,’उम्मेदवार आचार्यले भने—’हिजो हाम्रा जनप्रतिनिधिले हजुरहरूको विश्वासमा दाग लाग्ने कम गर्नु भएन आज त्यो कामलाई थप मजबुत बनाउने बलियो योजना बोकर आएको छु।’

उनले शुक्रवार आफ्नो निर्वाचन क्षेत्र कास्की क्षेत्र नं. २ पोखरा १६ को  दिपबाट मतदाता साक्षात्कार प्रारम्भ गर्दै सो कुरा बताएका हुन् । सुन्दर पर्यटकीय सम्भावना बोकेको अर्मलाकोटलाई पर्यटकीय क्षेत्र घोषणा गरेर पूर्वाधार विकास सहित पोखराका अन्य पर्यटकीय क्षेत्रहरूसँग जोड्ने काम बाँकी रहेको उनको भनाई छ ।

पोखरा १६ का  महेन्द्र गूफा, चमेरे गुफा, सेती नदिमा थप पर्यटन आवागमन वृद्धिका लागि ती स्थलहरूको सबलीकृत विकास र प्रचार प्रसार मार्फत थप उत्पादनशिल बनाउनेमा उनको जोड छ । महत्वपूर्ण पर्यटकीय गन्तव्यको पहिचान, सबलीकरण र प्रचार प्रसार विना पोखराको पर्यटनले अपेक्षित परिणाम दिन नसक्ने उम्मेदवार आचार्यको ठहर छ । अपेक्षा बाँडेर मात्रै हुदैन आफूसँग परिणाम दिन सक्ने कार्यान्वयनमुखी योजना रहेको उम्मेदवार आचार्यले उल्लेख गरे ।

पोखरा १६ का अर्मलाकोट, र्याले, पात्ले, दाद्रे, डिहि, टाड बिस्यौना, कुर, माझकुना, घोकुर्ना, छहरेपानी, जोगिमणी, जुम्लेटी, घार्मीखोला लगायतका मतदाता भेटेका उम्मेदवार आचार्यले कास्की २ को स्थानीय भएको र सधैंसँगै रहेर सँगसँगै विकास, एकसाथ विकासको नीति अवलम्बन गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरेको दोहोर्याए ।

मतदाता भेटघाटमा एमालेका वरिष्ठ नेता सोमनाथ अधिकारी प्यासी, केन्द्रिय सदस्यद्वय प्रभा कोइराला, मीना कुमारी गुरुङ, पूर्व केन्द्रिय सदस्य भिम कार्की, अनेम संघ केन्द्रिय सल्लाहकार सृजना शर्मा, एमाले कास्कीका कार्यबाहक अध्यक्ष भेषराज बराल, पोखरा महानगर कमिटी अध्यक्ष जीवन प्रसाद आचार्य, निर्वाचन क्षेत्र उपसंयोजक बलराम आचार्य, सचिव झपट रानाभाट सहित प्रदेश ,जिल्ला र  स्थानिय तहका नेता कार्यकर्ता  सहभागी रहेको एमाले पोखरा – १६ का अध्यक्ष यमनकाजी गुरुङले जानकारी दिए ।

८ फाल्गुन २०८२, शुक्रबार १८:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा