Play

सार्वजनिक यातायात सेवामा सुधार गर्न एकीकृत प्राधिकरण आवश्यक- कांग्रेस सभापति थापा

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसका सभापति गगन थापाले सार्बजनिक यातायात सेवालाई सुधार गर्न केहि प्रारम्भिक योजनाहरू सार्वजनिक गरेका छन्। ‘घण्टौँको जाम, सडकमा उड्ने धुलो र असुरक्षित यात्रा हाम्रो देशको सार्वजनिक यातायातको प्रमुख समस्या हो ।’ थापाले भनेका छन।

‘साना र अव्यवस्थित सवारीमा निर्भर प्रणाली, एकीकृत नभएको रुट परमिट र भाडा व्यवस्था साथै राजधानीमै कामकाजी नागरिक समयमै कार्यालय पुग्न नसक्ने अवस्था’ सार्बजनिक यातायात सेवामा यस्ता समस्याको समाधान गर्न हाम्रो सार्वजनिक यातायातमा व्यापक सुधारको आवश्यकता छ।’ उनको भनाई छ ।

सामाजिक सञ्जाल मार्फत भिडियो सन्देश दिँदै उनले सार्वजनिक यातायात सुधारका लागि एकीकृत प्राधिकरणको अवधारणा पेश गरेका छन् ।सरकार, सार्वजनिक निकाय र निजी क्षेत्रको सहकार्यमा यातायात सेवा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिएका छन।

सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउनु अपरिहार्य रहेको चर्चा गर्दै उनले त्यसका लागि आफूहरूले ठोस तयारी गरिरहेको बताएका छन ।

सार्वजनिक यातायातबाट जनता जति पीडित छन्, त्यो अनुसारको प्राथमिकता र संवेदनशीलता नदेखिएको अनुभूति ब्यक्त गर्दै कांग्रेस सभापति थापाले सार्वजनिक यातायातमा व्यापक सुधारको आवश्यकता रहेको समेत बताएका छन ।

 

१ फाल्गुन २०८२, शुक्रबार २२:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा