Play

बाबुराम र भुपेन्द्र सहित ४९ जनाले गरे उमेदवारी फिर्ता, मनांगमा एमाले र राप्रपाको समर्थन कांग्रेसलाई

गुरुकुल खबर


पोखरा, फागुन २१ गते हुने प्रतिनिधिसभा निर्बाचनका क्रममा देशका बिभिन्न निर्बाचन क्षेत्रमा उमेदवारी दिएका ४९ जना उम्मेदवारले आंफ्नो उमेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन गराएकोमा शुक्रबार ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।

‘देशभर जम्मा ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी आयोगमा छ,’ शुक्रबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने ।ब त्यस्तै, ५ जनाविरुद्ध दाबी विरोध परेको थियो । जसमा १ जनाको मात्रै खारेज भएको र अन्य ४ जनाको यथावत रहेको पनि उनले जानकारी दिए।

यसैबीच, नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । कालिकोटबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका उनले आज निर्वाचन आयोगमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् ।

कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका उनलाई रोकेर विशेष पक्षमा खुलेका पार्टी केन्द्रले हर्षबहादुर बमलाई टिकट दिएको थियो ।शाही ०७० र ०७४ को प्रतिनिधिसभाको निर्वाचन लडेका थिए । नेविसंघको पूर्वमहासचिव रहेका शाहीले भने, ‘पार्टीको निर्देशअनुसार पार्टीकै उम्मेदार हर्षबहादुरजीलाई जिताउन म अब फिल्डमा खटिएँ । अनेक असहमतिका बीच पनि उम्मेदवारी फिर्ता लिएँ ।’

यसैगरी, प्रतिनिधिसभा सदस्यको लागि बैतडीबाट नेपाली कांग्रेसबाट बागमी उम्मेदवारी दर्ता गराएका तेजबहादुर चन्दले उम्मेदवारी फिर्ता लिएका छन् । सामाजिक सञ्जालबाट आफ्नो धारणा राख्दै नेपाली कांग्रेस त्यागेको घोषणा गरेका उनले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए

उनी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा पूर्व महाधिवेशन प्रतिनिधि समेत हुन् । दलगत राजनीति त्यागेर स्वतन्त्ररूपमा नयाँ राजनीतिक रूपमा अघि बढ्ने बताउँदै चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताएका थिए । तर आज उनले उम्मेदवारी फिर्ता लिएका हुन् ।

 यसैगरी, गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशले आवश्यक ठानेको व्यक्तिलाई आगामी निर्वाचनमा सघाउने प्रतिबद्धता जनाएका छन् । शुक्रबार आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गरेपछि उनले आफू निरन्तर जनताको सेवामा लागिरहने बताएका हुन् ।

‘आगामी दिनमा देशले चाहेको अनुसारकै व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ भट्टराईले भनेका छन्, ‘प्रस्थावक र समर्थक साथीहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’ विभिन्न व्यक्ति र दलहरूको आग्रहपछि आफूले उम्मेदवारी फिर्ता लिने निर्णय लिएको उनको भनाइ छ ।

यसैबीच, मनाङ जिल्लामा नेकपा एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राप्रपाका उम्मेदवार कुविरसिङ गुरुङले  आंफ्नो उमेदवारी फिर्ता लिएका छन। दुई जना उमेद्वारले गरेको यो निर्णय जनताको मतबाट नभई लामा गुरुहरूको रोहवरमा गरिएको ‘चिट्ठा’ को परिणाम भएको बताइएको छ।

चुनावमा हुने झैझगडा रोक्ने बहानामा भ्राताङमा भएको भेलाले अनौठो भागबन्डा गरेको छ। कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पोल्देन छोपाङ गुरुङबीच सहमति नजुटेपछि चिट्ठा तानिएको थियो। जसमा प्रतिनिधि सभाका लागि कांग्रेसले प्रतिस्पर्धा गर्ने र एमाले पछि हट्ने फैसला भयो। यसको साटो मनाङका २ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा भने कांग्रेसले एमालेलाई सघाउने समझदारी भएको छ। लोकतन्त्रमा मतदाताको साटो कागजका टुक्राले उम्मेदवारको भाग्य फैसला गरेको यो घटनालाई अनौठो रुपमा हेरिएको छ।

मनाङमा कांग्रेस र नेकपाकी उम्मेदवार यशोदा सुवेदीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। निर्वाचनको दिन नआउँदै दलहरूले आपसमा सिट साटासाट गरेर चुनावी दृश्य नै बदलिदिएका छन्। मनाङमा यो परम्परा पुरानो भए पनि लोकतान्त्रिक अभ्यासमा भने यसलाई रोचक र व्यङ्ग्यात्मक रूपमा हेरिएको छ। अब मतदाताले मतदान गर्नुअघि नै ‘चिट्ठा’ ले कुन पद कसको भागमा पर्ने भन्ने टुङ्गो लगाइसकेको छ।

चुनावमा हुने झैझगडा र अप्रिय घटना रोक्ने ‘महान्’ उद्देश्यका साथ मनाङका लामा गुरुहरूले दलहरूबीच भागबन्डा मिलाउने प्रयास गरेका थिए। बिहीबार भ्राताङमा भएको भेलामा कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पाल्देन छोपाङ गुरुङबीच सहमति नजुट्दा अन्ततः ‘चिट्ठा’ को सहारा लिईएको थियो। मनाङको यो पुरानो र ‘अनोठो’ परम्पराले यसपटक पनि मतदाताको विवेकलाई कागजको टुक्रामा सीमित पारिदिएको छ।

एमालेले प्रतिनिधि सभाको मैदान छाडे पनि यो त्याग ‘निःस्वार्थ’ भने पक्कै छैन। चिट्ठाको फैसला अनुसार मनाङका २ वटा प्रदेश सभा निर्वाचन क्षेत्र अब एमालेको भागमा परेका छन्। प्रतिनिधि सभामा एमालेले कांग्रेसलाई सघाउने र प्रदेशका दुवै क्षेत्रमा कांग्रेसले एमालेलाई सघाउने गरी ‘मैत्रीपूर्ण’ भागबन्डा गरिएको छ।

तस्बिर – प्रदिप वन्त

९ माघ २०८२, शुक्रबार १५:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा