Play

कांग्रेसको आन्तरिक बिबादको मिलन बिन्दु बन्दै चुनाब : बिभिन्न समुहका नेताहरुको संयुक्त बैठक जारी

बिशेष महाधिबेशन, निर्बाचन आयोग र अदालतको कार्यशैलीप्रति बिमति राखेपनि रुख र चारतारे झन्डाप्रति सबैजसो नेता प्रतिबद्द


गुरुकुल खबर


पोखरा, आसन्न चुनाबको बिषयलाई लिएर नेपाली कांग्रेसमा कुन कुन ठाउँमा कसलाई उमेद्वार बनाउने भन्ने विषयलाई लिएर पार्टीका तीनवटा गुटका नेताहरूको दौडधुप सुरु भएको छ।पार्टीको आन्तरिक बिबाद मिलाउने र उमेदवार तय गर्ने भन्दै गएराति काठमाडौँको धुम्बाराहीस्थित एक होटलमा देउवा, गगन र कोइराला गुटका नेताहरूबिच छलफल भएको बताइएको छ ।

काठमाडौँमा सम्पन्न विशेष महाधिवेशनपछि संस्थापन बनेको गगन थापा समूहका केन्द्रीय सदस्यहरू मधु आचार्य र देवराज चालिसे, पूर्वसभापति शेरबहादुर देउवा समूहबाट रमेश लेखक र नेता डा. शेखर कोइराला समूहबाट डा. मिनेन्द्र रिजाल एकै ठाउँमा भेला भएर छलफल गरेको बताइएको छ। उनीहरूबिच विशुद्ध टिकट वितरण र गुटगत भागबन्डाका विषयमा कुराकानी भएको वार्तामा सहभागी एक नेताले जानकारी दिए।

तीन गुटका नेताहरूबिचको छलफल सकिएपछि सोही होटलमा रहेका पार्टी सभापति गगन थापासँग पनि नेता लेखक र डा. रिजालले छुट्टै कुराकानी गरे। चुनावी टिकटको टुङ्गो लगाउन दबाब बढेपछि नेताहरूले आन्तरिक गृहकार्य तीव्र पारेका हुन्। टिकट वितरणको गाँठो फुकाउनका लागि सोमबार पनि वार्ता गर्ने तयारीमा नेताहरू रहेको बुझिएको छ।

यसैक्रममा आइतबार नेता शेखर कोइराला समुहका नेताहरुको काठमाडौँमा सम्पन्न भेलाले पनि आसन्न चुनाबमा भाग लिने र निर्धारित समयमा पार्टीको १५ औं महाधिबेशन गर्ने भन्ने बिषयमा जोड दिएको छ

रुख चुनाब चिन्ह बाहेक अरु सोच्न पनि सक्दिन – नेता पूर्णबहादुर खड्का 

नेपाली कांग्रेसको १४ औं महाधिबेशनबाट निर्बाचित सभापति शेरबहादुर देउवा समूहका उपसभापति एबम पछिल्लो समयका कार्यबाहक सभापति  पूर्णबहादुर खड्काले रुख चुनाव चिह्न बाहेक अन्यथा सोच्न र कल्पना पनि गर्न नसकिने बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता खड्काले यस्तो बताएका हुन् ।

आफूहरू निर्वाचन आयोगको निर्णय विरुद्ध आधिकारिकताका लागि सर्वोच्च अदालत पुगेको भन्दै  सर्वोच्च अदालतको निर्णय स्वीकार्य र मान्य हुने समेत उनले बताए ।  नयाँ पार्टी खोल्ने र स्वतन्त्र उम्मेदवारको रूपमा उठ्ने जस्ता हल्लाका पछि नलाग्न समेत उनले आग्रह गरे । निर्वाचन आयोगले गत शुक्रबार गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरेपछि देउवा समुहका नेताहरुले अर्को पार्टी खोल्ने, स्वतन्त्र रुपमा उमेदवारी दिने जस्ता बजार हल्ला चलाइएपछि नेता खड्काको उक्त धारणा सार्बजनिक भएको हो ।

बिपी कोइरालालाई भगवान मान्छु, रुख र चारतारे झन्डाबाहेक अरु कल्पना गर्न सक्दिन – नेता दिपक खड्का  

नेपाली कांग्रेसका नेता डा. सशांक कोइराला निकट मानिने कांग्रेस नेता एबम पूर्वमन्त्री दीपक खड्काले आफू बीपी कोइरालालाई भगवान् र आदर्श मानेर राजनीतिमा आएको बताएका छन्। आम निर्वाचनको मनोनयन दर्ताको पूर्वसन्ध्यामा सामाजिक सञ्जाल फेसबुकमार्फत अपिल गर्दै उनले रुख चिन्ह र चारतारे झन्डाबाहेक अरू सोच्न वा कल्पना गर्न पनि नसक्ने स्पष्ट पारेका हुन्।

भोलि माघ ६ गते आम निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको भन्दै खड्काले काठमाडौँ तथा सङ्खुवासभामा रहेका सबैलाई उपस्थितिका लागि आग्रह गरेका छन्। उनले सङ्खुवासभाको खाँदबारीस्थित पार्टी कार्यालयमा बिहान १० बजे जम्मा भई निर्वाचन कार्यालयमा जाने मनोनयन प्रक्रियामा सहभागी हुन अनुरोध गरे। खड्काले सङ्खुवासभाका सम्पूर्ण मतदाता तथा कांग्रेस नेता–कार्यकर्तालाई रुख चिन्हमा मतदान गर्न र गराउनसमेत अपिल गरेका छन्। बीपी कोइरालाले जन्माएको पार्टीको चुनाव चिन्ह र झन्डाप्रति आफ्नो पूर्ण निष्ठा रहेको उनको भनाइ छ।

पार्टी भित्रको झगडाको मिलनबिन्दु चुनाबलाई बनाऔं – नेता मिन बिश्वकर्मा 

यसैबीच नेपाली कांग्रेसका नेता एबम देउवा नेतृत्वको समितिमा प्रचार बिभाग प्रमुख रहेका मिन बिश्वकर्माले कांग्रेस बिशेष महाधिबेशनको प्रक्रिया, निर्बाचन आयोगको भूमिका र अदालतको निष्क्रियताप्रति आफ्नो विमति रहेको भए पनि चुनावको मुखमा घमन्ड त्याग्न नेताहरूलाई आग्रह गरेका छन । हिजो भदौ २४ मा ज्यान जोगाउनका लागि घर छोड्न तयार भएका नेताहरु आज पार्टी जोगाउन घमन्ड त्याग्न तयार हुनुपर्नेमा नेता बिश्वकर्माले जोड दिए ।

उनले देउवा, गगन, पूर्णबहादुर खड्का र शेखर कोइरालालाई घेराबन्दीबाट बाहिर निस्केर एक ठाउँमा बस्न र साझा उम्मेदवार तय गर्न आग्रह गरेका छन् । झगडाको मिलन बिन्दु नै चुनाव भएको भन्दै उनले सबै कांग्रेसीलाई रुख चिन्हमा भोट माग्ने वातावरण बनाउन अपिल गरेका छन् ।

उनले देउवा, गगन, पूर्णबहादुर खड्का र शेखर कोइरालालाई घेराबन्दीबाट बाहिर निस्केर एक ठाउँमा बस्न र साझा उम्मेदवार तय गर्न आग्रह गरेका छन् । झगडाको मिलन बिन्दु नै चुनाव भएको भन्दै उनले सबै कांग्रेसीलाई रुख चिन्हमा भोट माग्ने वातावरण बनाउन समेत अपिल गरेका छन् ।  पार्टीभित्रको आन्तरिक विवाद र विशेष महाधिवेशनको लफडा अदालतमा विचाराधीन रहेका बेला विश्वकर्माले सामाजिक सञ्जालमार्फत नेतृत्वलाई मिलेर अघि बढ्न सुझाव दिएका हुन् ।

विश्वकर्माले पार्टीको विवाद अदालतमा छोडेर फागुन २१ को निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन् । उनले चौधौँ महाधिवेशनबाट निर्वाचित सभापति देउवा वा विशेष महाधिवेशनबाट घोषित सभापति गगन थापाको एकल निर्णयले मात्र चुनाव जित्न नसकिने निष्कर्ष निकाल्दै सहमतिको बाटो औँल्याएका हुन् ।  उम्मेदवार चयन र टिकट वितरणको विवाद हल गर्न उनले व्यावहारिक सूत्र अघि सारेका छन् । हिजो टिकटमा कसको हस्ताक्षर हुने भन्ने विवादका बिच आधा टिकट देउवाले बाँडेको र अब बाँकी टिकटमा गगनले हस्ताक्षर गरेर सहमति गर्नुपर्ने उनको तर्क छ ।

मुलुकका अन्य दलहरू निर्वाचनमा होमिएको अवस्थामा कांग्रेस भने नदुखेको टाउको आफैँ ठोक्दै रोइरहेको टिप्पणी गर्दै विश्वकर्माले पार्टीको नियमित महाधिवेशन हुँदै गर्दा विशेष महाधिवेशनको औचित्यमाथि भने प्रश्न उठाएका छन् । नीति महाधिवेशन भनिए पनि नेतृत्व भङ्ग र चयनमा प्रवेश गरेको, जबरजस्ती आयोजना भएको र पार्टीले अपनत्व नलिएको जस्ता विषयले कांग्रेस विवादै विवादले थलिएको उनको भनाई छ । अहिले कांग्रेस उड्नुपर्नेमा दौडन नसकेको र हिँड्नुपर्नेमा घस्रन पनि नसकेको कांग्रेस नेता बिश्वकर्माको भनाई छ ।

५ माघ २०८२, सोमबार १०:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा