Play

कांग्रेस केन्द्रीय समितिको बैठक: सत्ताकेन्द्रित सम्झौता र अप्राकृतिक गठबन्धन नगर्ने निर्णय

रूपान्तरण, एकता र विजयको नयाँ अध्याय’ मानेर पार्टीमा निष्क्रिय रहेका वा पार्टी छाडेका सबैलाई पुनः जोडिन आग्रह


गुरुकुल खबर


काठमाडौँ, बिशेष महाधिबेशनबाट निर्बाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीभित्रको एकता र सद्भाव कायम राख्दै पार्टीलाई नयाँ उचाइमा पुर्याउनको लागि देशभरका नेता तथा कार्यकर्तालाई अपिल गर्ने निर्णय गरेको छ। काठमाडौँमा शनिबार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीभित्रको एकता, आपसी सद्भाव र सहकार्यबाटै निर्वाचन लगायतका चुनौतीहरू सामना गर्न सकिने भन्दै एकता र सद्भाव कायम राख्दै अघि बढ्न देशभरका नेता तथा कार्यकर्तालाई अपिल गर्ने निर्णय बताइएको छ।

केन्द्रीय समितिको बैठकले फागुन २१ गते हुने निर्वाचनमा नवीन ऊर्जा र पूर्ण एकताका साथ सहभागी हुन सबै तहका समिति र भ्रातृसंस्था हरूलाई आह्वान गरेको छ। यसलाई ‘रूपान्तरण, एकता र विजयको नयाँ अध्याय’ मानेर विभिन्न कारणले पार्टीबाट निष्क्रिय रहेका वा पार्टी छाडेका सबैलाई पुनः जोडिन समेत बैठकले आग्रह गरेको छ।

अबको दिनमा नेपाली काँग्रेस पार्टी सम्पूर्ण रूपमा निर्वाचन केन्द्रित गतिविधिमा लाग्ने भन्दै प्रतिनिधिसभाको प्रत्यक्ष तर्फका उमेदवारको छनोट र टिकट वितरणका लागि संसदीय बोर्डमार्फत काम अघि बढाउने सम्बन्धमा बैठकमा गम्भीर छलफल भएको थियो। निर्बाचन आयोगले बिशेष महाधिबेशनबाट निर्बाचित समितिलाई पार्टीको विधान र संविधान अनुसार नै आधिकारिता प्रदान गरेकाले कसैले पनि भिन्न मत राख्न जरुरी नरहेको बैठकपछि सोहि समितिका प्रबक्ता देवराज चालिसेले जानकारी दिए  ।

प्रवक्ता चालिसेले दिएको जानकारी अनुसार बैठकले निवर्तमान सभापति शेर बहादुर देउवाले पार्टीलाई पुर्याएको योगदान र उनले लामो समय पार्टीको नेतृत्व गरेकोमा त्यसको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्ने निर्णय समेत गरेको छ। आगामी दिनमा पनि पार्टीमा निवर्तमान सभापति देउवा लगायत अग्रज नेताहरूको अभिभावकत्व रहिरहने विश्वास बैठकका सहभागीले गरेको प्रवक्ता चालिसेले जानकारी दिए ।

कांग्रेसले अब उप्रान्त कुनै पनि अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता नगर्ने प्रतिबद्धता दोहोर्याएको छ। बैठकले मूल्य र मान्यतामा अडिग रहँदै संविधानको रक्षा र नवयुवाको आकांक्षालाई सम्बोधन गर्ने निर्णय गरेको छ। आयोगले शुक्रबार दोस्रो विशेष महाधिवेशनका निर्णयलाई वैधानिकता दिएपछि बसेको यो बैठकले परिवर्तनमा साथ दिने सबैप्रति आभार व्यक्त गरेको प्रवक्ता चालिसेले जानकारी दिए ।

नयाँ बानेश्वरमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका निर्णयहरू 

१,  निर्वाचन आयोगले नेपाली काग्रेसको दोश्रो विशेष महाधिवेशनका निर्णयहरूलाई संविधान, कानून र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको छ। यो कसैको जित-हार होइन— यो विधान र लोकतन्त्रको विजय हो । यस ऐतिहासिक परिवर्तनमा साथ दिने हरेक सदस्य, शुभेच्छुक र सहयोगीप्रति हृदयदेखि केन्द्रिय समितिको यो वैठक हार्दिक आभार व्यक्त गर्दछ ।

२, यो समय एकता, सद्भाव र सहकार्यको समय हो । देश-विदेशमा रहेका सवै काग्रेसजन, सवै तहका समितिहरू र सबै भातृ तथा सूभेच्छुक सस्थाका साथिहरूलाई नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ फागुन २१ को निर्वाचनमा शसक्त रूपमा सहभागि हुन हार्दिक आह्वान गरिन्छ ।

३, विभिन्न कारणले पार्टीवाट निष्कृय रहनु भएका, विभिन्न कारणले पार्टी छाड्नु भएका सवै साथिहरूलाई पार्टीमा पुन : जोडिन यो वैठक हार्दिकतापूर्वक आव्हान गर्दछ ।

४,  यतिवेला हामी निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले नेपाली काग्रेसको नेतृत्वमा रहि लामो समयदेखि पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै हार्दिक धन्यवाद प्रकट गर्दछ । यो वैठकले श्रद्देय नेताको अभिभावकिय भूमिका प्राप्त हुने विश्वास राख्दछ ।

५, नेपाली काग्रेस आम नेपाली नागरिक प्रति आफ्नो अटल प्रतिबद्धता पून दोहर्याउन चाहन्छ, अब कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता हुँनेछैन । हामि सदैव मूल्य र सिद्धान्तमा अडिग रहने छौ । संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्व गर्ने छौ । नवयुवाको आकांक्षा र जनताको अपेक्षालाई साकार पार्ने छौ ।

६, यो नयाँ अध्याय हो— रुपान्तरणको, एकताको, विजयको । समुन्नत नेपाल निर्माणको महाअभियानमा जोडिनुहोस्। थप स्नेह, विश्वास र साथ दिन सवैमा अनुरोध छ ।

३ माघ २०८२, शनिबार १७:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा