Play

गगन थापा नेतृत्वको कांग्रेस केन्द्रिय समितिको बैठक: संसदीय बोर्ड गठन र आगामी रणनीति तय गरिने

गुरुकुल खबर


काठमाडौँ,  नेपाली कांग्रेसको बिशेष महाधिबेशनबाट निर्बाचित गगन थापा नेतृत्वको कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ । निर्बाचन आयोगले आधिकारिकता दिएपछि पहिलो पटक बसेको केन्द्रीय समितिको बैठक काठमाडौँको बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा बसेको छ।

१४ औं महाधिबेशनबाट निर्बाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले सानेपा कार्यालय नछोडेका कारण बिशेष महाधिबेशनबाट निर्बाचित गगन थापा नेतृत्वको केन्द्रीय समितिको बैठक कांग्रेसको कार्यालय बाहिर बस्दै आएको छ। विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले शुक्रबार आधिकारिकता दिएको थियो ।

बैठकले आसन्न निर्बाचनको लागि १६५ वटा निर्बाचन क्षेत्रमा उमेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने निर्णय गरेको बुझिएको छ। पार्टीको बिधान अनुसार १३ सदस्यीय संसदीय बोर्ड गठन गरिन लागेको केन्द्रिय समितिका एक सदस्यले जानकारी दिए। संसदीय बोर्डमा सभापति गगन थापा, उपसभापतिहरु, महामन्त्रीहरु र सहमहामन्त्रीहरु सदस्य राखिएको छ।

संसदीय बोर्डले यस अगाडी पार्टीको तल्लो तहले सिफारिस गरि पठाएको नामको आधारमा प्रतिनिधिसभाका उमेद्वारहरु तय गर्ने बताइएको छ। निर्बाचनको लागि कांग्रेसले देशका १६५ क्षेत्रमा नै उमेदवारी दिने निर्णय गरेको बुझिएको छ। आजको बैठकले पार्टीको अबको रणनीतिबारे छलफल गरी आवश्यक निर्णय गर्ने बताइएको छ ।

 

३ माघ २०८२, शनिबार १३:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा