काठमाडौँ, नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा भैरहेको दोस्रो विशेष महाधिवेशनले शेरबहादुर देउवा नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति बिघटन गरेको निर्णय संगै गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशन मार्फत केन्द्रीय समितिका पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका हुन् ।
नयाँ कार्यसमितिको सभापतिमा गगन थापा चयन भएका छन् । यस्तै, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति पदमा सर्वसम्मत भएका छन्। त्यस्तै महामन्त्री पदमा गुरु घिमिरे र प्रदीप पौडेल चयन भएका हुन् । शर्माले शुरुमा महामन्त्री पदमा उमेदवारी दिएको भएपनि उपसभापतिमा अरुको उमेदवारी नपरेपछि शर्माको उमेदवारी उपसभापतिमा सारिएको हो ।
यसैगरी पार्टीको सहमहामन्त्रीमा महिला कोटाबाट डिला संग्रौला पन्त, खस आर्यबाट उदयशमशेर राणा, मधेसी कोटाबाट मुक्ता कुमारी यादव र दलित कोटाबाट प्रकाश रसाइली (स्नेही) सहमहामन्त्रीमा चयन भएका छन् । त्यसै गरी, आदिवासी जनजाति कोटाबाट बहादुरसिंह लामा, मुस्लिम कोटाबाट फरमुल्लाह मन्सुर, थारू कोटाबाट योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्ण बूढा सहमहामन्त्रीमा सर्वसम्मत चयन भएको बताइएको छ ।
केन्द्रीय समितिका सदस्यहरुको मनोनयन जारी छ पटक पटक समय थप गरेर मनोनयन लिने प्रक्रिया चलिरहेको कारण बुधबार राति ११.३५ सम्म मनोनयन लिएर नाम सार्बजनिक गर्ने र राति दुई बजेबाट बिहान पांच बजेसम्म मतदान गर्ने गरि निर्बाचन कार्यक्रम प्रकाशित गरिएको छ। तर अधिकांश पदमा सर्वसम्मत भएको बुझिएको छ
नेपाली काँग्रेसको सानेपामा बसेको बैठकले बिशेष महाधिबेशनको पक्षमा लागेका दुई महामन्त्री र एक सहमहामन्त्रीलाई कारबाहीको निर्णय गरेपछि बिशेष महाधिबेशनमा उमेदवारीको लागि मनोनयन पत्र लिएका कहिले भने मनोनयन पत्र समेत फिर्ता गरेका थिए। जसका कारण उमेदवारी दर्ता गराउनेहरुको संख्या अरु महाधिबेशनमा जस्तो धेरै नहुने र सर्वसम्मत बनाउन पनि सहज हुने बिश्वास लिईएको छ ।
पुरा नाम हेर्न यहाँ क्लिक गर्नुहोस















