Play

काँग्रेसका १७ भ्रातृसंस्थाको संयुक्त बिज्ञप्ती: चुनाब र पार्टीको महाधिबेशन तोकिएको छ, पार्टी एकढिक्का हुनुपर्छ

गुरुकुल खबर


काठमाडौँ, नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको समेत अगुवाईमा हुन् लागेको बिशेष महाधिबेशन नजिकिएसंगै नेपाली काँग्रेसका १७ भ्रातृसंस्थाले संयुक्त बिज्ञप्ती जारी गरि देश र जनतालाई सङ्कट मुक्त गर्न पार्टी नेतृत्व र पदाधिकारीहरू एक ढिक्का भएर अघि बढ्न आग्रह गरेका छन। नेपाली कांग्रेसका भ्रातृसंस्थाहरु करिब निष्क्रिय जस्तै अबस्थामा रहेको र अधिकांश भ्रातृसंस्थाको महाधिबेशन समेत हुन् नसकेको भन्ने गुनासो आउने गरेकोमा शुक्रबार भने पार्टीका १७ वटा भ्रातृसंस्थाको संयुक्त बिज्ञप्ती सार्बजनिक भएको हो।

नेपाल महिला संघकी अध्यक्ष उषा राउत, तरुण दलका अध्यक्ष विद्वान गुरुङ, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, नेपाल प्रजातन्त्र सेनानी सङ्घका अध्यक्ष बालकृष्ण दाहाल, नेपाल किसान महासङ्घका अध्यक्ष गणेशचन्द्र तिमल्सिना, नेपाल दलित सङ्घका कार्यवाहक अध्यक्ष शम्भु हजारा पासवान, नेपाल भूतपूर्व सैनिक सङ्घका अध्यक्ष गर्जबहादुर गुरुङ, प्रजातान्त्रिक प्राध्यापक सङ्घका अध्यक्ष जगत तिमिल्सिनाले बिज्ञप्ती जारी गरेर पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका हुन् ।

यसैगरी नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घका अध्यक्ष ओमबहादुर घर्तीमगर, नेपाल लोकतान्त्रिक अपाङ्ग सङ्घका महासचिव मनोहर श्रेष्ठ, नेपाल मुस्लिम सङ्घका अध्यक्ष अतावुल मन्सुरी, नेपाल थारु सङ्घका अध्यक्ष शिवनारायण महतो गुरौ, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्र शेरचन, नेपाल राष्ट्रिय मगर सङ्घका अध्यक्ष इच्छुराम रानामगर, नेपाल तामाङ सङ्घका अध्यक्ष रामकृष्ण इन्द्र लामाले पनि उक्त बिज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।

उनीहरूले अपिलमा निर्वाचनको मिति तोकिएर प्रक्रिया अगाडि बढेको अवस्थामा पार्टी एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नभएको पनि बताएका छन् । ‘नियमित महाधिवेशन को मिति वैशाख २८ गते देखि ३१ सम्म का लागि तोकिसकेको र फाल्गुन २१ गते आमनिर्वाचन समेत सम्पन्न हुन गइरहेको परिप्रेक्ष्यमा पार्टी एक ढिक्का भई बढ्नुको कुनै विकल्प छैन,’ अपिलमा लेखिएको छ । पछिल्लो समय देशमा आएको राजनैतिक सङ्कट र नेपाली कांग्रेसमा देखिएको राजनीतिक तिक्तताको समाधान खोज्न उनीहरूले सभापति, कार्यवाहक सभापति र सम्पूर्ण केन्द्रीय समितिको ध्यानाकर्षण पनि गराएका छन् ।

 संयुक्त अपिलको पूर्ण पाठ ..

२५ पुष २०८२, शुक्रबार १९:३३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा