Play

लेखनाथ जेसिजमा नयाँ समितिको पदस्थापन

गुरुकुल खबर


पोखरा, लेखनाथ जेसिजको अधिबेशनबाट निर्बाचित नयाँ कार्यसमितिको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । पदस्थापन कार्यक्रममा लेखनाथ जेसिजका बर्ष २०२५ का अध्यक्ष कृष्ण तिवारीको समितिले वर्ष २०२६ का लागि निर्बाचित अध्यक्ष सर्वेन्द्र न्यौपानेको टिमलाई पद हस्तान्तरण गरेको थियो ।

पदस्थापन कार्यक्रममा वोल्दै प्रमुख अतिथी नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष जिवन कार्कीले युवाहरुले नेतृत्व विकाससँगै समाज रुपान्तरण र अनुशासनलाई ख्याल गर्नुपर्नेमा जोड दिए । कार्कीले देशमै सम्भावना देख्न र अनुशासित भएर काम गर्नसकेमा सफल भईने बिश्वास ब्यक्त गरे।

सोही कार्यक्रममा नेपाल जेसिजका कार्यकारीणी उपाध्यक्ष सपना पौडेल भण्डारी, नेपाल जेसिजका उपाध्यक्ष आरज्ञ श्रेष्ठ, लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, लेखनाथ जेसिजको मातृ शाखा पोखरा जेसिजका अध्यक्ष सुमन पहारी लगाएतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सोही कार्यक्रममा लेखनाथ जुनियर जेसिजका अध्यक्ष शोभा केसी मार्फत आगामी २०२६ की अध्यक्ष रितिका सुवेदीको टिमलाई पद हस्तान्तरण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक निशान्त गौतम परियारले गर्नुका साथै सञ्चालन महासचिव रसिसहरी भण्डारी र सचिव शिवानी केसीले गरेको लेखनाथबाट सन्दीप पौडेलले गुरुकुल खबरलाई जानकारी दिए ।

२१ पुष २०८२, सोमबार १०:४० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा